+
+
Shares

अछाममा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

स्थानीय लाछीमानाबाट मंगलसेनतर्फ जाँदै गरेको सुपप्र०१००१ ह ६११३ नम्बरको अटो ओरालोमा अचानक अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३० गते १४:४२

३० साउन, काठमाडौं । अछाममा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अुनसार मंगलसेन नगरपालिका–५ मा सडकमा गुडिरहेको अटो अनियन्त्रित भई पल्टिँदा एक जनाको ज्यान गएको हो ।

घटना शनिबार बिहान साढे ११ बजेको रहेको प्रहरीले जनाएको छ । स्थानीय लाछीमानाबाट मंगलसेनतर्फ जाँदै गरेको सुपप्र०१००१ ह ६११३ नम्बरको अटो ओरालोमा अचानक अनियन्त्रित भई सडकमा पल्टिएको थियो ।

दुर्घटनामा अटोमा सवार मंगलसेन नगरपालिका–३ लाछीमानाका ४८ वर्षीय निर्प बोगटी घाइते भएका थिए ।

घाइते भएका बोगटीलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएको थियो । त्यहाँ उपचारका क्रममा दिउँसो १३:१० बजे उनको र्मत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनापछि अटो र चालक नियन्त्रणमा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?