+
+
Shares

अनुभव नभएकालाई शासन सुम्पिँदा देश जोखिममा पुग्यो : राजेन्द्र लिङ्देन

भूराजनीतिक हिसाबले त देश झन् तहस–नहस भएको उनले टिप्पणी गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३० गते १६:५०

३० साउन, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले देश दुर्घटनाको जोखिममा परेको टिप्पणी गरेका छन् ।

शनिबार राप्रपा नवलपरासीले सुनवलमा आयोजना गरेको जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले अनुभव नभएकालाई शासनको बागडोर सुम्पिँदा देश दुर्घटनाको जोखिममा परेको बताएका हुन् ।

उनले देश दुर्घटनाको जोखिममा परेकाले बचाउन र दललाई  निषेधको राजनीति नगरी सहमतिको बाटोमा हिँड्न जरुरी रहेको बताए ।

सरकारले हरेक क्षेत्रमा आतंक र भ्रम सिर्जना गरेको पनि लिङ्देनले आरोप लगाए ।

‘सरकारले गरिब सुकुमवासीलाई त्रसित बनाउने काम गरेको छ । सरकारको आलोचना गर्नेलाई कृत्रिम मुद्दा चलाएको छ’, लिङ्देनले भने, ‘सरकारको भनाइ र गराइ फरक छ ।’

भूराजनीतिक हिसाबले त देश झन् तहस–नहस भएको उनले टिप्पणी गरे ।

‘सरकारले उद्योग खोल्ने होइन, निजी क्षेत्रलाई थप उद्योग खोल्ने वातावरण बनाउनुपर्ने हो,’ उनले भने, ‘निजी क्षेत्रलाई उत्साहित बनाउनको लागि लगानीमैत्री र उद्योगमैत्री वातावरण बनाउन जरुरी छ । तर, सरकारको ध्यान यतातिर छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?