+
+
Shares

लागुऔषध मुद्दामा दोषी ठहर भएका व्यक्ति पक्राउ

पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर भएका २४ वर्षीय जय किशोर प्रसाद यादव छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते १२:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लागुऔषध मुद्दामा दोषी ठहर भई फरार रहेका बाराका २४ वर्षीय जय किशोर प्रसाद यादवलाई प्रहरीले गौशालाबाट पक्राउ गरेको छ ।
  • काठमाडौं जिल्ला अदालतले २०८१ वैशाख ३० मा यादवलाई दुई वर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेका उनलाई अदालतमार्फत कारागार चलान गरिएको छ ।

३१ साउन, काठमाडौं । लागुऔषध मुद्दामा दोषी ठहर भएका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानरपालिका–९ घर भएका २४ वर्षीय जय किशोर प्रसाद यादव छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । ३० वैशाख २०८१ मा काठमाडौं जिल्ला अदालतले उनलाई लागुऔषध मुद्दामा २ वर्ष कैद र १ लाख जरिवानाको फैसला सुनाएको थियो ।

फरार उनलाई प्रहरीले २९ साउनमा काठमाडौंको गौशालाबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई अदालतमार्फत कारागार पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?