+
+
Shares

यस्तो छ देउवा समूहको राष्ट्रिय सम्मेलनले पारित गरेको ५ बुँदा

नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय सम्मेलन पाँच वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ३१ गते १३:५८

३१ साउन, काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय सम्मेलन पाँच वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। निवर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको यो समूहको दुई दिने सम्मेलन पार्टीको १५औं महाधिवेशनदेखि धर्म र संस्कृतिसम्मको प्रस्तावहरू पारित गरेको हो।

सम्मेलनले पार्टीको १५औं महाधिवेशन शेरबहादुर देउवाकै नेतृत्वमा सम्पन्न गर्ने, १५औं महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित कामकारबाही देउवाको निर्देशनमा राष्ट्रिय सम्मेलनको संयोजकले संयोजन गर्दै जाने प्रस्ताव पारित गरेको छ। यो  सम्मेलनको संयोजक डा शशांक कोइराला थिए।

यो समूहले पार्टी सभापति देउवालाई नै मान्दै आएको छ। गत माघमा सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा कांग्रेस सभापति चयन भएका छन्। यस विषयमा यो समूहले पुनरावेदनसमेत दिएको छ। सर्वोच्चले पुन:सुनुवाइको आदेश गरिसकेको छ।

यी हुन् पारित पाँच प्रस्ताव

  • १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५ औ महाधिवेशन सम्पन्न गरिनेछ र श्री शेरबहादुर देउवाको सभापतित्वमा १५ औं महाधिवेशन सम्पन्न हुनेछ। उहाँकै नेतृत्वमा पार्टी एकतावद्ध भई १५ औं महाधिवेशन सम्भव हुने दृढ विश्वास यो सम्मेलनले व्यक्त गर्दछ । १५ औं महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित कृयाकलाप देउवाको निर्देशनमा राष्ट्रिय भेला र सम्मेलनका संयोजकले नै संयोजन गर्दै जानु हुनेछ ।
  • २०३३ सालमा महामानव बीपी कोइरालाले देशमा विद्यमान राष्ट्रिय संकटलाई ध्यानमा राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई ध्यानमा राखि देश फर्कनु भएको थियो । आज पनि देश अप्ठेरो स्थितिमा छ यस अवस्थामा राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तीहरुसंग संवाद गरी राष्ट्रियता, लोकतन्त्रको सुदृढिकरणका लागि कृयाशील रहने ।
  • नेपालको सनातनदेखि चली आएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान पनि हो । नेपालम रहि आएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चित देखि चलिआएको हिन्दु, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायीत्वलाई दृष्टिगत गरि सनातन धर्मलाई राष्ट्रिको पहिचान रुपमा राष्ट्रलाई अघि बढाउने प्रतिवद्धता गर्नेछ ।
  • वर्तमान संविधानमा जन अपेक्षा बमोजिम आवश्यक संशोधन गर्न संविधान भएको व्यवस्था अनुसार नै सम्बन्धित सबैसंग सम्वाद गरि निकाश दिइने छ ।
  • २०८३ श्रावण २० र २१ गते सम्पन्न नेपाली कांग्रेसको राष्ट्रिय सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव र सुझावहरुलाई समेत समेटी परिमार्जन सहित पारित प्रस्तावहरुलाई लिखित गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एन. पी. साउदको संयोजकत्वमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, केन्द्रीय सदस्य सिता राना र सहयोगीमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा र दीपक प्रसाद कुइकेल रहनु हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?