News Summary
Generated by OK AI. Editorially reviewed.- बलिउड अभिनेत्री पूजा चोपडाले आज दुई हजार १०० रुपैयाँको रसिद काटी पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना एवं दर्शन गर्नुभएको छ ।
- पशुपति क्षेत्र विकास कोषका अनुसार आज अभिनेत्री चोपडासहित २३५ जना भक्तजनले विशेष पूजाका लागि रसिद काटेका छन् ।
- साउनको अन्तिम दिन सार्वजनिक बिदा परेकाले पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनहरूको बाक्लो उपस्थिति रहेको छ ।
काठमाडौं । बलिउड अभिनेत्री पूजा चोपडाले पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना एवं दर्शन गरेकी छन् । उनले दुई हजार १०० को रसिद काटी पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना एवं दर्शन गर्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
अभिनेत्री चोपडासहित आज २३५ जनाले विशेष पूजाको रसिद काटेर मन्दिरमा पूजा, आराधना एवं दर्शन गरेका कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले जानकारी दिए ।
सौरमास अनुसार आज साउनको अन्तिम दिन भएकाले बिहानैदेखि मन्दिरमा भक्तजनको घुइँचो छ । सार्वजनिक बिदा पनि परेकाले साउनको अन्तिम दिन धेरै भक्तजन आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनमा यहाँ आएका हुन् ।
अभिनेत्री चोपडा पनि साउन महिना पारेर पशुपतिनाथको पूजा, आराधना र दर्शन गर्न नेपाल आएकी हुन् । गत हप्ता बलिउड अभिनेत्री शिल्पा सेट्टीले पनि पशुपतिनाथ मन्दिरमा रसिद काटेर विशेष पूजा, आराधना र दर्शन गरेकी थिइन् ।

प्रतिक्रिया 4