News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय प्रधानसेनापति जनरल धिरज सेठ आफ्नो पहिलो विदेश भ्रमणको रूपमा नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेका छन्।
- राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शीतलनिवासमा आयोजित विशेष समारोहमा जनरल सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम छ।
- जनरल सेठले आफ्नो काठमाडौँ भ्रमणका क्रममा रक्षामन्त्रीसमेत रहेका प्रधानमन्त्री तथा प्रधानसेनापति अशोकराज सिग्देलसँग दुईपक्षीय भेटवार्ता गर्ने तयारी छ।
३१ साउन, काठमाडौं । भारतीय प्रधानसेनापति जनरल धिरज सेठ काठमाडौं आइपुगेका छन् । उनलाई स्वागत गर्न नेपाली सेनाका उच्च अधिकारीहरू त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।
प्रधानमन्त्री बालेन शाहले सत्ता सम्हालेयता भारतबाट उच्चस्तरीय भ्रमणमा आउने सेठ अहिलेसम्मकै सबैभन्दा वरिष्ठ अधिकारी हुन्। उनले नेपालबाट आफ्नो पहिलो विदेश भ्रमण थालेका हुन्।
काठमाडौं बसाइँको क्रममा उनले रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हाल्दै आएका प्रधानमन्त्री बालेन शाह, प्रधानसेनापति अशोकराज सिग्देल लगायतसँग भेटवार्तासमेत गर्ने तयारी छ।
२०२६ को जुन ३० मा भारतको प्रधानसेनापतिको पद सम्हालेका सेठ नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न नेपाल आएका हुन्। सोमबार नेपालको मानार्थ महारथीको दर्जा ग्रहण गर्ने बताइएको छ ।
उनको काठमाडौं बसाइँको कार्यक्रमबारे परराष्ट्र मन्त्रालय र नेपाली सेनाले भने औपचारिक जानकारी दिइसकेका छैनन्। यद्यपि उनले सैनिक मञ्च टुँडिखेलमा पुगेर श्रद्धाञ्जली अर्पण गर्ने, प्रधानसेनापति अशोकराज सिग्देलसँग आपसी सहयोगका विषयमा दुईपक्षीय छलफल गर्ने कार्यक्रम छ।
साथै राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शितलनिवासमा आयोजना हुने विशेष समारोहमा भारतीय प्रधानसेनापति सेठलाई नेपालको मानार्थ महारथीको दर्जा प्रदान गर्ने मुख्य कार्यक्रम छ ।
भारतीय प्रधानसेनापतिलाई नेपालको र नेपाली प्रधानसेनापतिलाई भारतको मानार्थ महारथीको दर्जा दिने परम्परा छ । सैनिक मुख्यालय जंगी अड्डाका अनुसार यस्तो परम्परा सन् १९५० देखि चलदै आएको हो।
नेपाली सेनाका बहालवाला प्रधानसेनापति अशोकराज सिग्देलले समेत भारतीय सेनाको मानार्थ महारथी दर्जा प्राप्त गरिसकेका छन् । २७ मंसिर २०८१ मा नयाँ दिललीस्थित राष्ट्रपति भवनमा एक विशेष समारोहबीच राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानसेनापति सिग्देललाई मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन् ।
प्रतिक्रिया 4