१ भदौ, काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देल र भारतीय स्थल सेनाध्यक्ष जनरल धीरज सेठबीच भेटवार्ता भएको छ ।
उनीहरुबीच सैनिक मुख्यालय जंगी अड्डामा भेटवार्ता भएको हो । भेटका क्रममा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सैनिक मुख्यालयले बताएको छ ।
प्रधानसेनापति सिग्देलको निमन्त्रणमा आइतबार काठमाडौं आइपुगेका सेठले टुँडिखेलस्थित सैनिक मञ्चमा माल्यार्पण गरेका थिए । त्यसपछि सैनिक मुख्यालयमा गार्ड अफ अनर लिएका थिए ।
आजै उनले राष्ट्रपति रामचन्द्र पौडेलमार्फत नेपाली सेनाको सम्मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न समेत प्राप्त गर्ने कार्यक्रम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4