+
+
Shares

मुक्ति एन्ड रिभाइभल, शिव परियार, समीक्षा अधिकारी अमेरिकामा गुञ्जिने

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते १५:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायक शिव परियार र गायिका समीक्षा अधिकारीले अमेरिकाका विभिन्न सहरमा ‘दशैं–तिहार धमाका यूएसए टुर २०२६’ मार्फत करिब २० वटा सांगीतिक शो गर्ने भएका छन्।
  • ‘मुक्ति एन्ड रिभाइभल’ ब्यान्डले आफ्नो सांगीतिक यात्राको ३० औं वार्षिकोत्सव मनाउन अमेरिकाका विभिन्न सहरमा विशेष प्रस्तुति दिने तयारी पूरा गरेको छ।
  • आयोजकले नेपाली कला र संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रमबाट उठेको केही रकम गरिब तथा विपन्न विद्यार्थीका लागि छात्रवृत्तिमा खर्च गरिने जनाएको छ।

काठमाडौं । गायक शिव परियार र गायिका समीक्षा अधिकारी सांगीतिक प्रस्तुति लिएर अमेरिकाका विभिन्न सहरमा पुग्ने भएका छन् । उनीहरूसँगै सांगीतिक समूह ‘मुक्ति एन्ड रिभाइभल’ टूरमा सहभागी हुनेछ ।

थ्रीई इन्टरटेनमेन्ट, युएसएको आयोजनामा हुन लागेको यो दुई छुट्टाछुट्टै कार्यक्रम हो । दुई फरक कार्यक्रममार्फत आयोजकले अमेरिकामा रहेका नेपाली समुदायलाई मनोरञ्जन र सांस्कृतिक माहोल प्रदान गर्न लागेको जनाएको छ ।

‘दशैं–तिहार धमाका यूएसए टुर २०२६’ मार्फत गायिका अधिकारी र परियारले करिब २० शो गर्नेछन् । उनीहरूको कार्यक्रम तालिका आगामी सेप्टेम्बर २५ मा अस्टिन र सेप्टेम्बर २६ मा डलासबाट सुरु हुनेछ ।

त्यसपछि कार्यक्रम अक्टोबर २ मा कोलम्बस, अक्टोबर ३ मा एक्रोन, अक्टोबर ९ मा ह्यारिसबर्ग, अक्टोबर १० मा ल्यान्कास्टर, अक्टोबर ११ मा एशबर्न, अक्टोबर १७ मा मिलवाकी र अक्टोबर १८ मा सिकागोमा हुने बताइएको छ ।

अक्टोबर २४ मा चार्लट, अक्टोबर २५ मा यार्ले, अक्टोबर ३० मा नेब्रास्का, अक्टोबर ३१ मा न्युयोर्क र नोभेम्बर १ मा ब्राडफोर्ड तथा हार्टफोर्डमा समेत कार्यक्रम राखिएको छ । नोभेम्बर ७ मा फ्लोरिडासहित केही अन्य मिति थपिन सक्ने बताइएको छ ।

‘मुक्ति एन्ड रिभाइभल’ ले पनि ३० वर्षे नेपाल ब्लुज यात्राको उत्सव मनाउँदै अमेरिकाका विभिन्न सहरमा प्रस्तुति दिने तयारी गरेको छ । ब्यान्डले ‘म्युजिकल रिभाइभल– साधना भण्डारी ३० औं वार्षिकोत्सव टुर’ नामसहितको विशेष प्रस्तुति गर्न लागेको हो ।

कार्यक्रमको नारा ‘द लिगेसी, द ब्लुज, द रिभाइभल’ (विरासत, ब्लुज, पुर्नजागरण) सहितको कार्यक्रममा साधना भण्डारी ३० औं वार्षिकोत्सवलाई विशेष रूपमा मनाउने बताएको छ । ब्यान्डको तालिकाअनुसार कार्यक्रम सेप्टेम्बर १२ मा डलास, सेप्टेम्बर १८ मा ह्युस्टन, सेप्टेम्बर १९ मा सेन्ट लुइस र सेप्टेम्बर २६ मा न्यु ह्याम्पसायरमा हुनेछ ।

त्यसैगरी, अक्टोबर २ मा चार्लट, अक्टोबर ९ मा न्युयोर्क र अक्टोबर ११ मा डीटी फेस्टमा मुक्ति एन्ड रिभाइभलको प्रस्तुति रहनेछ । अक्टोबर १७ र १८ का कार्यक्रमको भने स्थान तोकिएको छैन ।

नेपाली चाडपर्वको माहोललाई अमेरिकामा रहेका नेपालीमाझ पुर्‍याउने उद्देश्यले चाडपर्व विशेष कार्यक्रमको पनि गर्न लागेको आयोजकले जनाएको छ । त्यस्तै, कार्यक्रमको उद्देश्य नेपाली कला र संस्कृतिको प्रवद्र्दन गर्ने रहेको छ । साथै कार्यक्रमबाट उठेको केही रकम गरिब र दिन दुःखीको लागि छात्रवृत्तिको रुपमा दिइने भएको छ ।

कार्यक्रमका संयोजक प्रयास भुसाल हुन् । अमेरिकाका संस्थापकमा अञ्जना बुढाथोकी सापकोटा र सुरेश सापकोटा, बजार व्यवस्थापनमा आदित्य लाखे रहेका छन् । कार्यक्रमको प्रायोजकको युएसएको ओनेस्ट रियल-स्टेट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?