+
+
Shares

जितु नेपाल, प्रियाना आचार्य अभिनित ‘कार्की साइँला’ को टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते १५:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता जितु नेपाल र प्रियाना आचार्य अभिनित फिल्म 'कार्की साइँला' को पहिलो झलक अर्थात टिजर सार्वजनिक गरिएको छ ।
  • फिल्ममा भारी बोकेर जीविका चलाउने पात्रले सात दिनभित्र विवाह गर्ने अठोट लिएको द्वन्द्वलाई मुख्य कथावस्तु बनाइएको छ ।
  • राजेन्द्र बस्नेत निर्देशित यस फिल्ममा जितु र प्रियानासँगै सुशील पोखरेल, वीरेन्द्रसिंह कुशवाहा र मान्शी शर्माको अभिनय रहेको छ ।

काठमाडौँ । जितु नेपाल र प्रियाना आचार्य अभिनित फिल्म ‘कार्की साइँला’ को टिजर सार्वजनिक भएको छ । यो पहिलो झलकले कथावस्तुबारे संक्षिप्त प्रकाश पार्छ ।

सार्वजनिक टिजरमा मुख्य पात्रको जीवन संघर्षलाई चित्रण गरिएको छ । भारी बोकेर जीविका चलाउँदै आएका उनलाई अविवाहित भएको भन्दै साथीभाइले जिस्क्याएपछि ७ दिनभित्रै विवाह गरेर देखाउने अठोट यसको केन्द्रीय द्वन्द्व हो ।

टिजरमा जितु र प्रियानासहित सुशील पोखरेल, वीरेन्द्रसिंह कुशवाहा, मान्शी शर्मा लगायतलाई चित्रण गरिएको छ । राजेन्द्र बस्नेतको निर्देशनमा फिल्म तयार भएको हो ।

पटकथा एवं संवाद शंकर धिताल र सवीन अधिकारीको छ । फिल्ममा बालकुमार राई र निर्भिक बञ्जाराको लगानी छ । यो फिल्म २ असोजदेखि प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?