+
+
Shares

पार्टीका नामका भेलाका निर्णय कुनै पनि नीतिको अंग बन्दैनन् : गगन थापा

पार्टी केन्द्रीय समितिको समापन समारोहलाई सम्बोधन गर्दै थापाले यस्ता भेलाका निर्णयहरू नीतिको कुनै पनि अंग बन्न नसक्ने बताएका हुन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते १८:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको संस्थापन इतर समूहको भेलाले गरेका निर्णयहरू पार्टीको आधिकारिक नीति हुन नसक्ने बताएका छन्।
  • उनले भेलालाई पार्टीको परम्पराका रूपमा लिए पनि त्यसका निर्णयहरू पार्टीको औपचारिक धारणा नभएको स्पष्ट पारेका छन्।
  • थापाले कांग्रेसको आधिकारिक धारणा महासमिति बैठकबाट मात्र तय हुने भन्दै सभापति शेरबहादुर देउवाको नेतृत्वमा सम्पन्न निर्णय नै मान्य हुने उल्लेख गरे।

१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको संस्थापन इतर समूहले हालै गरेको भेलाका विषयमा टिप्पणी गरेका छन्।

पार्टी केन्द्रीय समितिको समापन समारोहलाई सम्बोधन गर्दै थापाले यस्ता भेलाका निर्णयहरू नीतिको कुनै पनि अंग बन्न नसक्ने बताएका हुन्।

‘पार्टीका भेलाको निर्णयहरू स्वीकार्य हुँदैन । त्यसलाई हामी सम्मान गर्छौं तर त्यहाँका निर्णयहरू नीतिको कुनै अंग बन्दैनन्, ‘ उनले भने, ‘कांग्रेस भित्र भेला गर्न पाइँदैन त ? पाइन्छ हाम्रो पार्टीको परम्परा पनि छ । पार्टीको सभापति शेरबहादुर देउवा हुँदैगर्दा मैले धेरै भेला गरेको छु। भेलाहरू हुन्छन् । परम्परा छन् तर त्यसरी नै लिन्छौं ।’

उनले भेलाबारे कांग्रेसको धारणा के‍ हो भन्ने प्रश्न उठिरहेको भन्दै उनले थपे, ‘कांग्रेको धारणा हिजो जे थिए त्यही हो। कांग्रेसको आधिकारिक धारणा महासमिति बैठकले गर्छ। जुन अस्ति गोदावरीमा शेरबहादुर देउवाकै सभापतित्वमा सम्पन्न भएको हो।’

उनले संस्थापन इतरसमूहको भेलामा के भइरहेको भन्नेबारे आफूले सुनेको पनि बताए। ‘भेलामा के नेताहरूले भनिरहनुभएको छ भन्नेबारे नेताहरूले सुन्नुपर्छ। मैले पनि सुनेँ,’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?