फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुरको चापागाउँ दोबाटोबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
- प्रहरीले उनीहरूको साथबाट ६४ हजार ९ सय रूपैयाँ नगद बरामद गरेको छ ।
- पक्राउ परेका व्यक्तिहरूलाई हिरासतमा राखी जिल्ला प्रशासन कार्यालयबाट म्याद थप्ने तयारी गरिएको छ ।
२ भदौ, काठमाडौं । ललितपुरको चापागाउँ दोबाटोबाट जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् ।
सातदोबाटो बस्ने ओखलढुंगाको सिद्धिचरण नगरपालिका–२ घर भएका ६० वर्षीय जयप्रकाश कार्की समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६४ हजार ९ सय रूपैयाँसहित पक्राउ गरेको हो । उनीहरुलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ । आज मंगलबार जिल्ला प्रशासन कार्यालयबाट म्याद थप्ने तयारी भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4