+
+
Shares

दक्षिण लेबनानमा इजरायली सैन्य गतिविधि तीव्र

लेबनानमा रहेको संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) ले विगत दुई सातामा दक्षिण लेबनानमा इजरायलको सैन्य गतिविधि उल्लेखनीय रूपमा बढेको जनाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १६:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • युनिफिलले विगत दुई सातामा दक्षिण लेबनानमा इजरायली सैन्य गतिविधि उल्लेखनीय रूपमा बढेको र अगस्ट ५ देखि १६ बीच दैनिक औसत १३७ प्रक्षेपास्त्र प्रहार भएको जनाएको छ।
  • युनिफिलका अनुसार शनिबार २०८ र आइतबार १८५ प्रक्षेपास्त्र प्रहार भएका थिए, जसले असुरक्षा र अनिश्चितताका कारण धेरै परिवार विस्थापित भएका छन्।
  • युनिफिलले गस्ती, अनुगमन, मार्ग सफा र विस्फोटक जोखिम घटाएर मानवीय पहुँच सहज बनाउन शान्तिसेनाले उपस्थिति कायम राखेको जनाएको छ।

२ भदौ, काठमाडौं । लेबनानमा रहेको संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (युनिफिल) ले विगत दुई सातामा दक्षिण लेबनानमा इजरायलको सैन्य गतिविधि उल्लेखनीय रूपमा बढेको जनाएको छ।

युनिफिलले एक्समा लेखेको छ, ‘विगत दुई सातामा दक्षिण लेबनानमा इजरायली सैन्य गतिविधिमा ठूलो वृद्धि देखिएको छ। अगस्ट ५ देखि १६ को बीचमा युनिफिलले दैनिक औसत १३७ वटा प्रक्षेपास्त्र प्रहार भएको रेकर्ड गरेको छ, जसमा शनिबार २०८ र आइतबार १८५ वटा थिए।’

तनाव बढ्दै जाँदा सर्वसाधारणले पुनः ठूलो मूल्य चुकाउनुपरेको उसले बताएको छ। असुरक्षा र अनिश्चितताका कारण धेरै परिवारहरू विस्थापित भएका छन्।

युनिफिलले थप लेखेको छ, ‘शान्तिसेनाले गस्ती गरेर, अनुगमन गरेर, मार्गहरू सफा गरेर, विष्फोटक पदार्थको जोखिम घटाएर र मानवीय पहुँचलाई सहज बनाएर आफ्नो उपस्थिति कायम राखेका छन्।’

इजरायलले सन् १९७८ मा आक्रमण गरेपछि संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावअनुसार लेबनानमा यो शान्ति मिसन तैनाथ गरिएको थियो। यसको कार्यादेश प्रत्येक छ महिनामा थपिने गर्छ।

सन् २०२५ को अगस्ट अन्तिममा यस मिसनको कार्यादेश २०२६ डिसेम्बर ३१ सम्मका लागि थपिएको थियो। सन् २०२७ सम्ममा पूर्ण रूपमा फिर्ता भइसक्ने गरी यसको सुरक्षित कटौति सुरु गर्ने निर्णय पनि गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?