+
+
Shares

फेरि पक्राउ पर्नसक्ने भन्दै निषेधाज्ञाको निवेदन लिएर उच्च अदालत पुगे पत्रकार श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १५:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उपसभामुख रुवी ठाकुरको जाहेरीका आधारमा पक्राउ हुनसक्ने भन्दै पत्रकार किशोर श्रेष्ठ निषेधाज्ञाको निवेदन लिएर मंगलबार उच्च अदालत पाटन पुगेका छन्।
  • श्रेष्ठले आफूमाथि धरपकड नगर्न र उपकरण बरामद नगराउन आदेश माग गरेका छन्।
  • सर्वोच्च अदालतको परमादेशपछि श्रेष्ठ हिजोमात्रै रिहा भएका थिए।

२ भदौ, काठमाडौं । पत्रकार किशोर श्रेष्ठ आफू पुन: पक्राउ पर्नसक्ने भन्दै निषेधाज्ञाको निवेदन लिएर अदालत पुगेका छन् ।

उनी मंगलबार दिउँसो उच्च अदालत पाटन पुगेका हुन् । उपसभामुख रुवी ठाकुरले सोमबार ललितपुर प्रहरीमा जाहेरी दिएकी थिइन् ।

त्यही जाहेरीका आधारमा आफूलाई पक्राउ गर्नसक्ने भनी श्रेष्ठले निषेधाज्ञाको निवेदन दिएका हुन् ।

उनले निवेदनमा आफूमाथि धरपकड नगर्न नगराउन र उपकरण बरामद नगराउन आदेशको माग गरेका छन् ।

श्रेष्ठ हिजोमात्रै सर्वोच्च अदालतको परमादेशपछि रिहा भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?