+
+
Shares

सरकारका गलत क्रियाकलापको समर्थन गर्न सकिंदैन : सांसद सिद्धिकी

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १६:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले सांसद साजिदा खातुन सिद्धिकीले सरकारका गलत क्रियाकलापमा प्रतिपक्षले कहिल्यै समर्थन नगर्ने स्पष्ट पारिन् ।
  • मंगलबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै उनले सत्तापक्षबाट धम्कीपूर्ण भाषा प्रयोग भएको आरोप लगाइन् ।
  • सांसद खातुनले सिराहामा प्रहरीले चलाएको गोलीबारे सरकारको जवाफदेहिता माग गरिन् ।

२ भदौ, काठमाडौं । नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सरकारका गलत क्रियाकलापमा प्रतिपक्षले कहिल्यै समर्थन नगर्ने स्पष्ट पारेकी छिन् ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारको कार्यशैली र सत्तापक्षका सांसदहरूको व्यवहारप्रति आपत्ति जनाएकी हुन् । बैठकमा बोल्दै सांसद खातुनले सत्तापक्षबाट धम्कीपूर्ण भाषा प्रयोग भएको आरोप लगाउँदै त्यसको प्रतिवाद गरिन् ।

प्रतिपक्षले आवाज उठाउँदा ‘गुण्डा’को संज्ञा दिनु शोभनीय नभएको तर्क गर्दै उनले प्रतिपक्ष दल सधैँ देश र जनताको हितमा उभिने बताइन् ।

‘एकातर्फबाट धम्काउने र अर्कोतर्फबाट आफैं मलम लगाउन तयार भएको अभिनय गर्ने कार्य स्वीकार्य छैन,’ उनले भने, ‘हामी जस्तोसुकै कठिन परिस्थितिको सामना गर्न र बलिदान दिन तयार छौं, तर सरकारका गलत कार्यहरूलाई टुलुटुलु हेरेर समर्थन गर्न सक्दैनौं ।’

आफ्नो सम्बोधनका क्रममा उनले सिराहामा प्रहरीले चलाएको गोलीको विषयलाई लिएर सरकारको जवाफदेहिता माग गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?