+
+
Shares

एनसेल-एनटीसी कलमा किन भयो १० मिनेट अवरोध ?

एनसेलबाट एनटीसीको नम्बरमा कल गर्दा मंगलबार दिउँसो करिब १० मिनेट अवरोध उत्पन्न भयो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २ गते १७:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एनसेलबाट नेपाल टेलिकमको नम्बरमा कल गर्दा मंगलबार दिउँसो करिब १० मिनेट अवरोध भएको थियो।
  • कल गर्दा ‘आगमन कल निषेध गरिएको छ‘ भन्ने सन्देश देखिएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले बताए।
  • लामिछानेले प्राविधिक समस्या आएको पुष्टि गर्दै यसको कारणबारे अनुसन्धान भइरहेको बताए।

२ भदौ, काठमाडौं । एनसेलबाट नेपाल टेलिकम (एनटीसी) को नम्बरमा कल गर्दा मंगलबार दिउँसो करिब १० मिनेट अवरोध उत्पन्न भयो ।

एनसेलबाट एनटीसीमा कल गर्दा ‘आगमन कल निषेध गरिएको छ‘ भन्ने सन्देशसहित फोन सम्पर्क हुने समस्या देखियो।

यो समस्याका कारण केही समय सेवाग्राहीहरू प्रभावित भएका थिए ।

अहिले उक्त समस्या पूर्ण रूपमा समाधान भइसकेको छ । नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले प्राविधिक समस्या आएको पुष्टि गर्दै यसको कारणबारे अनुसन्धान भइरहेको बताएका छन् ।

‘हाम्रो प्राविधिक टोलीले कारण पत्ता लगाउँदै छ । अघि १० मिनेट चाहिँ अवरोध भएको थियो,‘ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?