News Summary
Generated by OK AI. Editorially reviewed.- रास्वपा केन्द्रीय समिति बैठक भदौ ५ गते बस्दैछ र पदाधिकारी, सचिवालय सदस्य तथा स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति सदस्य मनोनयनको कार्यसूची छ।
- चितवन महाधिवेशनपछि गर्नुपर्ने मनोनयन अझै नभएको र बालेन शाह पक्षले रिक्त पदमा आफ्ना तर्फबाट नाम नपठाउने संकेत दिएको छ।
- मधेश प्रदेशसहित सबै आठ जिल्लामा अधिवेशन नभएकाले त्यहाँको अधिवेशनपछि मात्रै नाम उपलब्ध गराइने बालेन पक्षीय नेताको दाबी छ।
२ भदौ, काठमाडौं । रास्वपा केन्द्रीय समिति बैठक यही भदौ ५ गते बस्दैछ ।
बैठकमा केन्द्रीय समिति सदस्य, पदाधिकारी, सचिवालय सदस्य, विभागीय प्रमुख र स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन गर्ने लगायतका कार्यसूची छन् ।
चितवनमा भएको महाधिवेशनपछि मनोनीत गर्नुपर्ने काम भएको छैन । यसैबीच पार्टीले मनोनीत गर्ने एजेन्डा राखेपनि प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन शाह पक्षले भने मनोनीत हुनेकाे नाम नपठाउने संकेत देखिएको छ ।
बालेन पक्षीय एक नेताको दाबी अनुसार रिक्त पदाधिकारी र केन्द्रीय सदस्यमा आफ्ना पक्षबाट नाम नपठाउने छलफल भएको छ । मधेशको अधिवेशन पछि मात्रै बालेन पक्षबाट मनोनीत हुनेको नाम सभापतिलाई उपलब्ध गराइने ती नेताको भनाइ छ ।
मधेशको प्रदेश संरचना सहित सबै आठ जिल्लामा अधिवेशन हुन सकेको छैन । मधेशको अधिवेशन स्थगित गरेर केन्द्रीय महाधिवेशन गरिएको थियो ।
पार्टी विधान अनुसार पदाधिकारीमा एक उपसभापति, एक महामन्त्री, दुई सह महामन्त्रीमा, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष, एक प्रवक्ता, तीन सहप्रवक्ता सहित ५१ केन्द्रीय सदस्य सभापतिले मनोनीत गर्ने व्यवस्था छ ।
प्रतिक्रिया 4