+
+
Shares

मधेशी नेतासँग प्रधानमन्त्रीले भने- मलाई संघीयताविरोधी भनेर सपनामा पनि नसोच्नुहोला

सुनसरी घटना लगायतका विषयमा शुक्रबार प्रधानमन्त्री कार्यालयमा छलफल गर्दै उनले संघीयताप्रतिको प्रतिबद्धता गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते १३:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन्द्र शाहले आफूलाई संघीयताविरोधीको रूपमा नबुझ्न मधेशकेन्द्रित दलका नेताहरूसँग आग्रह गरेका छन् ।
  • प्रधानमन्त्री शाहले संघीयतालाई थप बलियो बनाउने र आवश्यक संरचनागत सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे।
  • मधेशकेन्द्रित दलका नेताहरूले प्रदेशको अधिकार र सुरक्षा व्यवस्थालाई सुदृढ गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

१५ साउन, काठमाडौं ।  प्रधानमन्त्री बालेन्द्र शाहले आफूलाई संघीयताविरोधीको रुपमा नलिन मधेशकेन्द्रित दलका नेताहरूसँग अनुरोध गरेका छन् ।

सुनसरी घटना लगायतका विषयमा शुक्रबार प्रधानमन्त्री कार्यालयमा छलफल गर्दै उनले संघीयताप्रतिको प्रतिबद्धता गरेका हुन् ।

मधेसका नेताहरूले प्रदेशहरूलाई बलियो नबनाउँदा, सुरक्षा लगायतका जिम्मेवारी प्रदेशमा नहुँदा यस्ता घटनाहरू नियन्त्रणमा समस्या भएको कुरा उठाएपछि प्रधानमन्त्री शाहले संघीयता र प्रदेशको विषयमा बोलेका थिए ।

बैठकपछि राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीले आफूले बलगर संघीयता बनाउने भनेको स्मरण गराए ।

‘मलाई संघीयताविरोधी सपनामा पनि नसोच्नुहोला । प्रदेश बलियो बनाउने हो । संरचनाहरूमा सुधार गर्ने कुरा मात्र गरेको हो’ प्रधानमन्त्रीको भनाई उद्त गर्दै महतोले भने,’हाम्रो पार्टी संघीयताविरोधी होइन । बलगर संघीयता बनाइन्छ ।’

उनले आफ्नो कारणले संघीयतामा कुनै खतरा हुन्छ भन्नेमा नसोच्न अनुरोध गरेका थिए ।

बैठकमा प्रधानमन्त्रीले अहिले भएका सबै सम्झौताहरू पालना गर्ने र अब यस्ता घटना हुन नदिन ख्याल गर्ने प्रतिबद्धता जनाएका थिए ।

जनमत पार्टीका अध्यक्ष सिके राउतका अनुसार प्रधानमन्त्रीलाई प्रदेशको विषयमा ध्यानकर्षण गराइएको छ । ‘हामीले सरकारलाई असफल बनाउन खोफजेका छैनौं । सरकार दुर्घटनामा नजाओस् भन्ने हो ।

तपाईंले संघीयता बलियो बनाउनुपर्छ भन्यौं’ राउतले बैठकपछि भने,’प्रदेशको प्रहरी भएको भए यस्तो हुने थिएन त्यहाँको भाषा पनि बुझ्थे ।’  नेपाली सेनामा मधेसीको सामूहि प्रवेशको अवसर सिर्जना गर्नुपर्ने विषयमा पनि सुझाव दिएको राउतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?