+
+
Shares

१७ फिल्मले साउनमा पाए निर्माण इजाजत, कसले बनाउँदैछन् फिल्म ?

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते ११:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साउन महिनामा चलचित्र विकास बोर्डबाट १७ फिल्मले निर्माण इजाजत पाएका छन् ।
  • सौरभ चौधरीले सौगात मल्ल, दयाहाङ राई र नाजिर हुसेनलाई लिएर कथानक फिल्म ‘साम्राज्य’का लागि इजाजत लिएका छन् ।
  • दीपक लामाले ‘फेरी भेटौंला’ र श्रद्धा प्रसाईंले उपासनासिंह ठकुरीसहित ‘डियर काब्या’ निर्देशन गर्ने भएकी छन् ।

काठमाडौं । साउन महिनामा १७ फिल्मले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत पाएका छन् । नयाँ र पुराना फिल्मकर्मीले निर्माण इजाजत लिएका हुन् ।

सौरभ चौधरीले कथानक फिल्म ‘साम्राज्य’का लागि इजाजत लिएका छन् । यो फिल्मको शीर्ष भूमिकामा यसअघि नै सौगात मल्ल, दयाहाङ राई, नाजिर हुसेन अनुबन्धित छन् ।

निर्देशक दीपक लामाले ‘फेरी भेटौंला’ शीर्षकमा निर्माण इजाजत लिएका छन् । उपासनासिंह ठकुरीलाई लिएर श्रद्धा प्रसाईंले ‘डियर काब्या’ निर्देशन गर्ने भएकी छन् ।

निर्देशक ऋषि लामिछानेले फिल्म ‘उजेली’ बनाउने भएका छन् । यो फिल्मको कलाकारमा सविन श्रेष्ठ, गायक यशकुमार लगायत छन् ।

आकाश अधिकारीले हिट फिल्म ‘कोहिनुर’को दोस्रो श्रृंखला ‘कोहिनुर २’ निर्माण, निर्देशन गर्ने भएका छन् । उत्तम केसीले फिल्म ‘चम्पा’ फिल्म निर्माण गर्ने भएका छन् ।

चन्द्र पन्तले विपना थापालाई कलाकारको रुपमा लिएर ‘आमाको काख’को निर्माण गर्ने भएका छन् । साम्राज्ञी शाहको फिल्म ‘एक्का मिस्सी बादशाह’ले निर्माण इजाजत लिएको छ ।

देशभक्त खनालले ‘पिँजडा २’ निर्देशन गर्ने भएका छन् । सम्राट बस्नेतले ‘सिंहदरबार’ निर्देशन र निर्माण गर्नेछन् ।

विपिन कार्की र मिरुना मगरलाई शीर्ष भूमिकामा लिएर उपेन्द्रबहादुर याङदेम्बेले फिल्म ‘बखत्ते’ निर्देशन गर्ने भएका छन् । यी बाहेक अन्य फिल्मले पनि साउन महिनामा निर्माण अनुमति पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?