+
+
Shares

राप्रपासहितको समर्थनमा बागमतीको मुख्यमन्त्रीमा थापाको दाबी पेश

थापाले राप्रपासहित विभिन्न तीन दलका गरी ६३ जना प्रदेशसभा सदस्यको समर्थन रहेको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १३:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका प्रदेशसभा सदस्य किरण थापामगरले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
  • थापाले राप्रपासहित तीन दलका ६३ प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका हुन् ।
  • एमाले संसदीय दलको बैठकले हिजो थापामगरलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो ।

३ भदौ, हेटौंडा । बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीका लागि नेकपा एमालेका प्रदेशसभा सदस्य किरण थापामगरले  प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका छन् ।

थापाले राप्रपासहित विभिन्न तीन दलका गरी ६३ जना प्रदेशसभा सदस्यको समर्थन रहेको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

एमाले संसदीय दलको बैठकले थापामगरलाई मुख्यमन्त्री बनाउने निर्णय हिजो गरेको थियो । लगत्तै उनले आज प्रदेशप्रमुखसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेश गरेका हुन् ।

बागमती प्रदेश सभामा सरकार गठनका लागि ५३ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्नेछ । बागमती प्रदेश सभा १०४ सदस्यीय रहेको छ । नेपाली कांग्रेसको ३६ सिट, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को २६, नेकपा एमालेको २५, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?