+
+
Shares

रविले बोलाएको बैठकमा सांसद र मन्त्रीबीच सवाल-जवाफ

दलका उपनेता गणेश पराजुलीले भने, ‘सांसद साथीहरूले आफ्ना कुराहरू, आफ्ना क्षेत्रका समस्या समस्याहरूमा, आम जनताले दिएका गुनासाहरू सबै राख्नुभएको छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १४:३०

३ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको संसदीय दलको बैठकमा सांसदहरूले निर्वाचन क्षेत्रकेन्द्रित र सरकारको कामकारबाहीकेन्द्रित विषय उठाएका छन् ।

सांसदले उठाएका प्रश्नमा सम्बन्धित मन्त्रीहरूले जवाफ पनि दिए ।

सभापति लामिछानेको आह्वानमा बुधबार रास्वपा संसदीय दलको कार्यलय सिंहदरबारमा सांसद र मन्त्रीहरू समेतको उपस्थितिमा बैठक बसेको हो ।

यसबारे जानकारी दिँदै रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले भने, ‘सांसद साथीहरूले आफ्ना कुराहरू, आफ्ना क्षेत्रका समस्या समस्याहरूमा, आम जनताले दिएका गुनासाहरू सबै राख्नुभएको छ ।’

यसबारे बैठकमै सम्बन्धित मन्त्रीले जवाफ दिएको पनि उनले जानकारी दिए ।

संसदीय दलको कार्यालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै दलका उपनेता पराजुलीले भने, ‘माननीय मन्त्रीज्यूले सबै विषयमा यीलगायत सबै विषयमा आफ्नो जानकारी दिइराख्नु भएको छ ।’

साथै, सरकारको कामकारबाहीको पनि समीक्षा भएको छ ।

पराजुलीका अनुसार बैठकमा उठेका विषय हुन्, ‘ल्याब्सेस कहाँ छ ? ग्लिचेज कहाँ छ ? सरकारले काम गरिराखेको छ भन्ने कुरा आम जनतामा किन पुर्याउन सकिएन ?’

ग्यासकै कुरा पनि वैशाखमा जम्माजम्मी २२ लाख सिलिन्डर मात्र बजारमा पुगेको र गत साउन महिनामा भने ४० लाख सिलिन्डर बजारमा पुगेको उनले बताए ।

यति हुँदा पनि ग्यास अभाव भयो भन्ने कुरा भइराखेको भन्दै उनले यो कसरी भयो भनेर प्रश्न उठेको हो ।

ग्यास अभावलाई हटाउनको लागि के गर्नुपर्छ भन्ने विषयमा चर्चा भइराखेको उनले जानकारी दिए ।

बुधबारकै अनौपचारिक बैठकले रास्वपा संसदीय दलको विधान संशोधन कार्यदल बनाउने विषय अगाडि बढाएको छ ।

मुख्य सचेतक कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा कार्यदल बनाइएको छ । कार्यदललाई आवश्यकता अनुसार विधान संशोधन गर्न ७ दिनको समय दिइएको संसदीय दलका उपनेता पराजुलीले जानकारी दिए ।

जसमा सांसदहरुलाई सदनमा उपस्थिति हुँदा गर्दाखेरि कम्तीमा सदनको मर्यादा. आफ्ना जिम्मेवारी जनता, विपक्षी आवाज र कानुन निर्माण प्रक्रियामा सशक्त बनाउने विषय राखिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?