+
+
Shares

प्रधानमन्त्रीले लेखेको ‘एक्लो’ शब्दबारे रविले भने– उहाँ कवि र कलाकार पनि हो

बेला बेलामा सम्बन्ध बिग्रिएको समाचार आउँदा आफूहरू अझै नजिक हुन पाएको सभापति लामिछानेले बताए । ‘हामीमा कुनै समस्या छैन, कुनै कन्फ्युजन छैन,’ उनले भनेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १६:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेन शाहसँग आफ्नो सम्बन्धमा कुनै समस्या नभएको जिकिर गरे।
  • उनले ‘हामीमा कुनै समस्या छैन, कुनै कन्फ्युजन छैन,’ भन्दै सम्बन्ध बिग्रिएको समाचारलाई अस्वीकार गरे।
  • लामिछानेले शाहको ‘एक्लो’ अभिव्यक्तिबारे ‘उहाँ एउटा कवि पनि हो । उहाँ एउटा कलाकार पनि हो ।’ भने।

३ भदौ, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले आफूसँग प्रधानमन्त्री बालेन शाहको सम्बन्धमा कुनै समस्या नभएको जिकिर गरेका छन् ।

बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले बेला बेलामा सम्बन्ध बिग्रिएको समाचार आउँदा आफूहरू अझै नजिक हुन पाएको बताए ।

‘हामीमा कुनै समस्या छैन, कुनै कन्फ्युजन छैन,’ उनले भनेका छन् ।

उनलाई सञ्चारकर्मीले केही समय अघि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा ‘एक्लो’ भएको भन्दै दिएको अभिव्यक्तिबारे प्रश्न गरेका थिए ।

सो प्रश्नको जवाफका क्रममा सभापति लामिछानेले भने, ‘प्रधानमन्त्रीले लेख्नुभएको विषय, उहाँ त एउटा कवि पनि हो । उहाँ एउटा कलाकार पनि हो । आज यत्रो भिडमा पनि मैले एक्लो महसुस गर्न सक्दिनँ र ? हरेक शब्दका अर्थ खोज्न थालियो भने त्यसको राजनीतिक अर्थ भन्ने हुँदैन । त्यसमा कुनै चिन्ता छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?