+
+
Shares

टिभी श्रृंखला ‘जुनी’ को टिजर : गायिका कमला घिमिरेको डेब्यू

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ४ गते १०:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुरेश थापा ‘दर्शने’ लिखित तथा निर्देशित श्रृंखला ‘जुनी’को बुधबार जय नेपाल हलमा टिजर सार्वजनिक गरिएको छ।
  • कार्यक्रममा अभिनेता मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथि बनेका थिए र प्रष्ट मिडिया प्रालिले सक्रिय कलाकारलाई सम्मान गर्यो।
  • बालगायिका कमला घिमिरेले ‘जुनी’मार्फत डेब्यू अभिनय गरेकी छन्, र श्रृंखला ५२ एपिसोडमा तयार हुने जनाइएको छ।

काठमाडौं । सुरेश थापा ‘दर्शने’ लिखित तथा निर्देशित श्रृंखला ‘जुनी’ निर्माण भएको छ । बुधबार निर्माण टिमले स्रष्टा सम्मान कार्यक्रम गर्दै सिरियलको टिजर सार्वजनिक गरेको हो ।

जय नेपाल हलमा आयोजित कार्यक्रममा अभिनेता मदनकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । सो अवसरमा प्रष्ट मिडिया प्रालिको तर्फबाट टेलि–श्रृंखलामा सक्रिय कलाकारलाई सम्मान गरियो ।

सम्मान पाउनेमा निर्देशक दीपक आचार्य, दमन रुपाखेती, ‘हर्के हल्दार’ फेम्ड निर्देशक इन्द्र दोङ लामा, विनोद श्रेष्ठ, सुनिशा बजगाईं, बालकृष्ण ओली, सहिन प्रजापति, साम्या कार्की, अनिता बैजु, रामचन्द्र बोहरा, प्रशंसा कार्की, सरोज घिमिरेलाई सम्मान गरियो ।

सार्वजनिक श्रृंखलाको टिजरमा कलाकार कमला घिमिरे र रञ्जित पौडेल प्रस्तुत छन् । अन्य कलाकारमा विष्णु सापकोटा, अशोक शिवाकोटी, यादव देवकोटा, सरिता काफ्ले, सरस्वती अधिकारी, प्रभाकर न्यौपाने, सामना सिटौला, बविन राई, युगज्योति क्रियाशिल, रोहित कार्की, सुस्मा सिलवाल, राधा शाही ठकुरी, कमला न्यौपाने, अच्युत कार्की, सपना त्रिपाठीको अभिनय छ ।

बालगायिका कमला घिमिरेको यो डेब्यू अभिनय हो ।

टिजर सार्वजनिक कार्यक्रममा निर्देशक थापाले चलिरहेको कथा भन्दा आफूले केही फरक प्रस्तुति दिन खोजेको बताए । ‘सिरियलमा ड्रामा एकदमै कम छ । वास्तविक कथा बढी छ । यो घटना सिरियलमा हुन्छ या हुँदैन भनेर बनाइएको कथा हो’ उनले भने ।

५२ एपिसोडमा तयार हुने श्रृंखला प्रसारण हुने टेलिभिजन र मिति चाँडै तय हुन बाँकी रहेको जनाइएको छ । सिरियलका निर्माता विज्ञान सापकोटा र सौगात क्षेत्री हुन् । मुख्य सहायक निर्देशकमा योगेश भण्डारी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?