News Summary
Generated by OK AI. Editorially reviewed.- मकवानपुरको गढी गाउँपालिका-१ लेनडाँडामा ब्रेकफेल भएको ट्रक सडकबाट १०० मिटर तल भिरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
- रौतहटको चन्द्रपुरबाट महादेवटारतर्फ ह्युमपाइप बोकेर आएको ना १ क ८५३६ नम्बरको ट्रक दुर्घटनामा परेको हो ।
- चालक चन्द्रपुर नगरपालिका-६ का ३६ वर्षीय धनबहादुर बिकले हामफालेर ज्यान बचाएका छन् र उनी सकुशल रहेको प्रहरीले जनाएको छ ।
४ भदौ, काठमाडौं । कान्ती लोकपथ सडकखण्ड अन्तर्गत मकवानपुरको गढी गाउँपालिका-१ लेनडाँडामा घुम्तिमा मालबाहक ट्रक दुर्घटनामा परेको छ ।
रौतहटको चन्द्रपुरबाट तराई मधेश दुर्तमार्ग अन्तर्गत महादेवटारका लागि ह्युमपाइप बोकेर आउँदै गरेको ना १ क ८५३६ नम्बरको ट्रक ब्रेकफेल भई सडकबाट १०० मिटर तल भिरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चालक रौतहटको चन्द्रपुर नगरपालिका-६ का ३६ वर्षीय धनबहादुर बिकले भने हामफालेर ज्यान बचाएका छन् । उनी सकुशल रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेको ट्रक भने दुर्घटनास्थलमै रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4