+
+
Shares

रातापानीमा निरन्तर पहिरो

पहिरोकै कारण ६ परिवार विस्थापित भइसकेका छन् भने अन्य १९ घर जोखिममा छन्।

कृष्ण बिष्ट कृष्ण बिष्ट
२०८३ भदौ ४ गते १४:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बैतडीको सुर्नया गाउँपालिका–८ रातापानी टोलमा एक सातादेखि निरन्तर पहिरो जाँदा ६ परिवार विस्थापित भएका छन् र १९ घर जोखिममा परेका छन्।
  • पहिरोका कारण करिब २५ देखि ३० रोपनीमा लगाइएको मकैबालीमा क्षति पुगेको छ र विद्यार्थी तथा स्थानीयको आवतजावतमा समस्या भएको छ।
  • गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले रातापानी टोललाई उच्च जोखिममा रहेकाले अन्यत्र स्थानान्तरण गर्नुपर्ने बताउनुभएको छ।

४ भदौ, बैतडी । बैतडीको सुर्नया गाउँपालिका–८ रातापानी टोलमा निरन्तर पहिरो झरिरहेको छ। पहिरोका कारण यहाँको बस्ती नै जोखिममा परेको छ। पहिरोकै कारण ६ परिवार विस्थापित भइसकेका छन् भने अन्य १९ घर जोखिममा छन्।

यहाँ एक सातादेखि पहिरो निरन्तर झरिरहेको स्थानीय तेज बोहराले जानकारी दिए। ‘लागातारको पहिरो गइरहेको छ । २५ घर परिवार त्रासमा छन्,’ उनले भने, ‘अहिलेसम्म ६ परिवार विस्थापित भइसकेका छन्। विस्थापित ६ परिवारले छिमेकीकोमा आश्रय लिएका छन्।

पहिरोले करिब २५÷३० रोपनीमा लगाइएको मकैबालीमा क्षति पुगेको छ। पहिरोकै कारण विद्यार्थी तथा स्थानीयलाई आउजाउमा पनि समस्या भएको छ। स्थानीय रामसिंह बोहरा भन्छन्, ‘दिनैपिच्छे पहिरो गइरहन्छ, हिँडडुलमा गर्न पनि डर छ। पानी पर्नेबित्तिकै यहाँ त्रास झन थपिन्छ।’

गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवर पहिरोको उच्च जोखिममा रातापानी टोललाई अन्यत्र स्थानान्तरण गर्नुपर्ने बताएको छ। ‘यहाँ पहिरोले पिरोल्न थालेको धेरै भइसक्यो। अहिले झन् बढ्यो,’ उनले भने, ‘बस्ती सार्नुको विकल्प छैन। हामी सम्बन्धित क्षेत्रसँग समन्वय गरिरहेका छौं।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?