News Summary
Generated by OK AI. Editorially reviewed.- १२ भदौदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘पार्वती’को ४ मिनेट लामो ट्रेलर युट्युबमा सार्वजनिक भएको छ ।
- ट्रेलरले अटिजम भएकी दिदी र भाइबीचको माया, करुणा तथा स्याहार र हेरचाहको सन्देश देखाएको छ ।
- फिल्ममा नीता ढुंगाना र अशोक दर्जीसहित दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल र दिप्तप्रकाश अधिकारीको अभिनय छ ।
काठमाडौँ । १२ भदौदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘पार्वती’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । ट्रेलरले कथावस्तु र चरित्र चित्रणबारे संक्षिप्त प्रकाश पार्छ ।
४ मिनेट लामो ट्रेलरमा अटिजम भएकी दिदी र उसको भाइको माया एवं करुणालाई चित्रण गरिएको छ । दिदीको भूमिकामा नीता ढुंगाना र भाइको रोलमा अशोक दर्जीको अभिनय छ ।
दिदीभाइको सम्बन्धको पाटो मात्र होइन, अटिजम पीडितलाई स्याहार, हेरचाह चाहिन्छ भन्ने सन्देश पनि यसमा छ । यसकारण यो फिल्मलाई ‘हेल्थ ड्रामा’ पनि भन्न सकिन्छ ।
यसअघि सार्वजनिक भएको फिल्मको टिजर, गीत र पोस्टरले चर्चा पाइसकेका छन् । यस्तोमा, रिलिजको उल्टो गणना चलिरहँदा मेकरले ट्रेलर ल्याएका हुन् ।
फिल्ममा दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल, दिप्तप्रकाश अधिकारीको पनि अभिनय छ । पटकथा शिवम अधिकारी, छायांकन सुदीप बराल, नृत्य निर्देशन रामजी लामिछानेको छ ।
निर्माता हरिहर अधिकारी र कार्यकारी निर्माता शंकर पाण्डे हुन् ।
प्रतिक्रिया 4