News Summary
Generated by OK AI. Editorially reviewed.- मकवानपुरको हेटौंडा-१९ बस्तीपुरकी ११ वर्षीया सुमित्रा ब्लोनको शव बाढीले बगाएको तीन दिनपछि शुक्रबार फेला परेको छ।
- २ भदौमा निर्मल माविबाट घर फर्कने क्रममा उनलाई बासुदेव खोलाले बगाएर बेपत्ता बनाएको थियो।
- उनको शव बगाएको ठाउँभन्दा करिब ५ किलोमिटर तल मनहरी-३ लामिटारस्थित राप्ती खोलामा फेला परेको प्रहरीले जनाएको छ।
५ भदौ, काठमाडौं । मकवानपुरमा बाढीले बगाएर बेपत्ता भएकी एक बालिकाको शव तीन दिनपछि फेला परेको छ ।
हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुरकी ११ वर्षीया बालिका सुमित्रा ब्लोन शुक्रबार बिहान मृत अवस्थामा फेला परेकी हुन् ।
बस्तीपुरस्थित निर्मल माविबाट घर फर्कने क्रममा २ भदौमा हेटौंडा उपमहानगरपालिका-१९ मा बासुदेव खोलाले बगाउँदा उनी बेपत्ता भएकी थिइन् । प्रहरी र स्थानीय मिलेर उनको खोजी गरिएको थियो ।
खोलाले बगाएको ठाउँभन्दा करिब ५ किलोमिटर तल मनहरी गाउँपालिका-३ लामिटारस्थित राप्ती खोलामा सुमित्राको शव फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।
खोलाले बगाएका मध्ये एक जनाको तत्काल उद्धार गरिएको थियो भने एक जना सोही दिन मृत फेला परेकी थिइन् । अर्की बालिकाको शव भने भोलिपल्ट अर्थात ३ भदौमा फेला परेको थियो ।
प्रतिक्रिया 4