+
+
Shares

हुम्लामा अचानक बाढी, तिलगाउँ छाडेर गुम्बामा गाउँले 

अहिले बाढी केही घटे पनि रातिको समयमा जोखिम हुन सक्ने भएकोले गाउँलेहरूलाई गुम्बामा सुरक्षित भएर बस्न आग्रह गरिएको प्रजिअ गुरागाईंले बताए ।

नरजन तामाङ नरजन तामाङ
२०८३ साउन १४ गते १९:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हुम्लाको नाम्खा गाउँपालिका-६ स्थित तिल गाउँमा तिलजुङ खोलामा आएको बाढीका कारण स्थानीय बासिन्दाहरू आफ्नो घर छाडी सुरक्षित स्थानतर्फ सरेका छन् ।
  • प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले बाढीको जोखिमका कारण स्थानीयलाई बस्ती नजिकै रहेको गुम्बामा सुरक्षित भएर बस्न निर्देशन दिएको बताए ।
  • बाढीका कारण स्थानीयले निर्माण गरेको पुल र ग्याबिन बगेका छन् भने हिमतालको ढिस्को फुटेर बाढी आएको हुन सक्ने अनुमान गरिएको छ ।

१४ साउन, हुम्ला । तिलजुङ खोलामा अचानक बाढी उर्लिएर आएपछि हुम्लाको नाम्खा गाउँपालिका-६ तिल गाउँका बासिन्दाहरूले घर छाडेका छन् ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले अचानक उक्त खोलामा ठूलो बाढी आएको जानकारी आफूलाई पनि स्थानीयले दिएको बताए ।

उनले अनलाइनखबरसँग भने, ‘स्थानीयले उक्त खोलामा ठूलो बाढी आएको जानकारी अहिले साँझ पख दिएका छन् । बस्ती नजिकै एउटा गुम्बा रहेको र उक्त गुम्बामा सुरक्षित बस्न मैले उहाँहरूलाई भनेको छु ।’

सुरुको भन्दा अहिले बाढी केही घटे पनि रातिको समयमा जोखिम हुन सक्ने भएकोले गाउँलेहरूलाई गुम्बामा सुरक्षित भएर बस्न आग्रह गरिएको प्रजिअ गुरागाईंले बताए ।

उनले थपे, ‘तिला गाउँमा १०/१५ घर रहेछन् । ती घरहरूमा १५/२० जना मानिसहरू बस्ने जानकारी मैले पाएको छु । उहाँहरूलाई तत्कालका लागि सुरक्षित रूपमा गुम्बा बस्न भनेको छु ।’

तिलजुङ खोलामा आएको बाढीको फोटो र भिडियो गाउँलेले आफूलाई उपलब्ध गराएको र ती फोटा/भिडियो हेर्दा गाउँमाथि रहेको हिम तालको ढिस्को फुटेको हुन सक्ने प्रजिअ गुरागाईंको भनाइ छ ।

१ जेठ २०८२ सालमा हिमताल भासिएर लेदो सहितको बाढी आउँदा तिल गाउँमा ठूलो क्षति पुर्‍याएको थियो ।

लेदो सहितको बाढी आएपछि गाउँ नै जोखिममा परेको नाम्खा गाउँपालिका-६ का स्थानीय दोर्जी लामाले जानकारी दिए।

गत वर्ष बाढी गएको खोलाबाट फेरि बाढी आएकाले गाउँका वृद्ववृद्वाहरूलाई सुरक्षित ठाउँमा सारिएको लामाले बताए।
गाउँले मिलेर निर्माण गरेको तिल खोलाको पुल र ग्याबिनहरू बगाएर लगेको उनले बताए ।

दिउँसोको समयमा बाढी आएकाले नाम्खा गाउँपालिका-६ का स्थानीयहरू सुरक्षित ठाउँमा सरेको स्थानीय मिङ्मार लामाले बताए ।

लेखक
नरजन तामाङ

तामाङ हुम्लाबाट पत्रकारिता गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?