+
+
Shares

गरिमाको हत्याविरुद्ध सडक धर्नामा आमा-बुबा, परिवारले मानेन प्रशासनको सहमति

मृतक गरिमाका बाबु मनोज चौधरीले थाहै नदिई प्रशासनले राजनीतिक दलका मानिसहरूसँग गरेको सहमति आफूलाई मान्य नरहेको बताए ।

सुनिल गाउँले सुनिल गाउँले
२०८३ भदौ ५ गते १०:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाराको जीतपुरसिमरा-१ की तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणको विरोधमा वीरगञ्ज-पथलैया सडकखण्ड तेस्रो दिन पनि अवरुद्ध छ।
  • गरिमाका परिवारले प्रशासनले स्थानीयसँग गरेको सहमति आफूहरूको अनुमति बिना भएको भन्दै अस्वीकार गरेका छन्।
  • गरिमाका बाबु मनोज चौधरीले गृहमन्त्री सुधन गुरुङ र कानुनमन्त्री सोबिता गौतमले आएर नेपालको कानुन संशोधन गर्ने प्रतिबद्धता जनाउनुपर्ने माग गरेका छन्।

५ भदौ, बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको विरोधमा वीरगञ्ज-पथलैया सडकखण्ड आज तेस्रो दिन पनि अवरुद्ध छ ।

गरिमाका लागि न्याय माग्दै उनका परिवारले सडकमै धर्ना दिएपछि उक्त सडक खण्ड तीन दिन यता अवरुद्ध छ ।

बिहीबार राति प्रशासनले स्थानीय ब्यक्तिहरूसँग सहमति गरेको भए पनि मृतकका परिवारले आफूहरूको अनुमति बिना गरिएको सहमति मान्य नरहेको भन्दै सडक छाड्न मानेका छैनन् ।

मृतक गरिमाका बाबु मनोज चौधरीले थाहै नदिई प्रशासनले राजनीतिक दलका मानिसहरूसँग गरेको सहमति आफूलाई मान्य नरहेको बताए ।

गृहमन्त्री सुधन गुरुङ र कानुन मन्त्री सोबिता गौतम आएर नेपालको कानुन संशोधन गर्ने प्रतिबद्धता जनाउनुपर्ने मृतकका बाबु मनोजको माग छ ।

आफ्नी नाबालिका छोरीको बलात्कारपछि भएको क्रूर हत्याका अपराधीले मृत्यु दण्ड नपाएसम्म आफूहरूले न्यायको अनुभूति गर्न नसक्ने उनको भनाइ छ ।

सुरुमा इलाका प्रहरी कार्यालय सिमराका प्रहरी प्रमुखको लापरबाहीले घटना भएको भन्दै उनको सरुवा मागेका स्थानीयबासीले डीएसपी दिलिप क्षेत्रीको सरुवा भएपछि प्रशासनसमक्ष पाँचबुदे सहमति गरेका थिए ।

मध्यरातमा भएको सहमतिमा आफूहरूको अनुमति नलिइएको र त्यसमा आफ्नो सहमति नरहेको उनले बताए ।

बारा प्रशासनले बुधबारदेखि अवरुद्ध वीरगञ्ज-पथलैया सडक खुलाउन प्रयास गरिरहेको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर सडक खुलाउने प्रयास भएपछि स्थानीयबासीले मृतकका परिवारलाई रुवाएर सडक नखोल्न चेतावनी दिएका छन् ।

एक स्थानीयले सडक खुल्नुपर्ने पक्षमा आफूहरू पनि रहेको र त्यसका लागि प्रशासनले परिवारको सहमति लिनुपर्ने स्थानीयले बताएका छन् ।

लेखक
सुनिल गाउँले

दुई दशकदेखि पत्रकारिता गरिरहेका गाउँले अनलाइनखबरका बारास्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?