+

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा दोहोरिए डा.जोशी

२०८३ भदौ  ५ गते ११:३६ २०८३ भदौ ५ गते ११:३६
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा दोहोरिए डा.जोशी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डा. प्रमोद जोशी नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा नियुक्त भएका छन् र शुक्रबार मन्त्री निशा मेहतासमक्ष शपथ ग्रहण गरेका छन्।

५ भदौ, काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा.प्रमोद जोशी नियुक्त भएका छन् । शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

स्वस्थ्य अनुसन्धान, चिकित्सा सेवा तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव हासिल गरेका छन् । डा. जोशी यसअघि पनि परिषद्को सदस्य सचिव रहेका थिए ।

डा.जोशीले सन् २००० मा युक्रेनको ओडेसा स्टेट मेडिकल युनिभर्सिटीबाट एमबीबीएस तथा सन् २००९ मा नेशनल एकेडेमी अफ मेडिकल साइन्सेस (न्याम्स)बाट अर्थोपेडिक्स तथा ट्रमा विषयमा एमएस गरेका छन् ।

डा. जोशीले भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालबाट आर्थ्रोप्लास्टी तथा आर्थ्रोस्कोपीमा फेलोसिप गरेका छन् । उनले सन् २०२४ २०२४ देखि २०२६ सम्म नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कार्यकारी सदस्यसचिवका रूपमा जिम्मेवारी समालेका थिए ।

त्यसअघि राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्ट,गेटा अस्पतालका संस्थापक निर्देशक तथा सेती प्रादेशिक अस्पतालमा वरिष्ठ अर्थोपेडिक सर्जनका रूपमा काम गरेका छन् ।

डा. प्रमोद जोशी सदस्य–सचिव
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा दोहोरिए डा.जोशी

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा दोहोरिए डा.जोशी

मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

के बच्चा उमेरअनुसार सही रूपमा बढिरहेको छ ? यी संकेतमा राख्नुहोस् विशेष ध्यान

के बच्चा उमेरअनुसार सही रूपमा बढिरहेको छ ? यी संकेतमा राख्नुहोस् विशेष ध्यान

वर्षायाममा फुड पोइजनिङबाट कसरी बच्ने ? ७ महत्वपूर्ण उपाय

वर्षायाममा फुड पोइजनिङबाट कसरी बच्ने ? ७ महत्वपूर्ण उपाय

फोक्सो क्यान्सरको उपचार कसरी गरिन्छ ? विस्तृतमा जानौं

फोक्सो क्यान्सरको उपचार कसरी गरिन्छ ? विस्तृतमा जानौं

न्यूट्रास्युटिकल्स : बिरामीलाई नभइ नहुने हो कि अनावश्यक आर्थिक भार ?

न्यूट्रास्युटिकल्स : बिरामीलाई नभइ नहुने हो कि अनावश्यक आर्थिक भार ?