News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा मेडिकल रेडियोग्राफी तथा मेडिकल इमेजिङका स्वास्थ्य व्यवसायी रमेश श्रेष्ठ नियुक्त भएका छन्।
५ भदौं, काठामाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्को रजिस्ट्रारमा रमेश श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ मेडिकल रेडियोग्राफी तथा मेडिकल इमेजिङ क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव भएका स्वास्थ्य व्यवसायी हुन् ।
उनले भारतको राजीव गान्धी स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गत जवाहरलाल नेहरू मेडिकल कलेजबाट मेडिकल रेडियोग्राफीमा स्नातक र राजस्थानस्थित नेशनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेस विश्वविद्यालयबाट रेडिएसन तथा इमेजिङ टेक्नोलोजीमा स्नातकोत्तर गरेका हुन् ।
हाल श्रेष्ठ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वरिष्ठ रेडियो टेक्नोलोजिस्टका रूपमा कार्यरत छन् ।
प्रतिक्रिया 4