+
+
Shares

आज जन्मदिन मनाउँदै रेखा र विपिन

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते १२:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री रेखा थापा र अभिनेता विपिन कार्की शुक्रबार एकैदिन जन्मदिन मनाउँदैछन् ।
  • मोरङको सलकपुरमा जन्मिएकी रेखा थापाले १०० भन्दा धेरै फिल्ममा काम गरेकी छन् ।
  • अभिनेता विपिन कार्कीले झन्डै ३० फिल्ममा काम गरेका छन् र अहिले उपकरण तथा निर्माण व्यवसायमा पनि संलग्न छन् ।

काठमाडौं । अभिनेत्री रेखा थापा र अभिनेता विपिन कार्की शुक्रबार एकैदिन जन्मदिन मनाउँदैछन् । यी दुवैजना घरेलु फिल्मका प्रसिद्ध र रुचाइएका कलाकार हुन् ।

मोरङको सलकपुरमा जन्मिएकी रेखाले फिल्म करिअरमा १०० भन्दा धेरै फिल्ममा काम गरेकी छन् । अभिनेत्री बाहेक उनी निर्मात्री र निर्देशक पनि हुन् । उनको पहिचान राजनीतिज्ञको रुपमा समेत छन् ।

राप्रपाकी नेतृ समेत रहेकी रेखाले संसदीय चुनावमा पनि भाग लिइन् । राजनीतिसँगै रेखा फिल्म करिअरमा समेत अघि बढेकी छिन् । अभिनेत्री पनि स्टार बन्न सक्छन् भन्ने ट्रेन्डको सुरुवात थापाबाट भएको हो ।

अभिनेता विपिन व्यवसायिक र आर्ट हाउस दुवै फिल्मलाई सन्तुलन मिलाएर अघि बढ्न सक्ने खुबी भएका कलाकार हुन् । दमदार अभिनयबाट दर्शकको मन जितेका उनले झन्डै ३० फिल्ममा काम गरेका छन् ।

कार्की पछिल्लो समय अभिनयसँगै फिल्मको उपकरण र निर्माण व्यवसायमा पनि संलग्न छन् । दुवै कलाकारलाई जन्मदिनको शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?