+
+
Shares

बञ्चरेडाँडाको फोहोर व्यवस्थापन छलफल : मेयरहरूसँग आशिकाको चर्काचर्की (भिडियो)

चर्काचर्कीपछि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहितले उनलाई सम्झाउन खोजेका थिए । यद्यपि सांसद तामाङ भने थप आक्रोशित बनिन् । 

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ५ गते १६:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिंहदरबारमा बञ्चरेडाँडा फोहोर व्यवस्थापनबारे छलफलका क्रममा सांसद आशिका तामाङ र स्थानीय तहका मेयरहरूबीच चर्काचर्की भएको छ।
  • ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सांसद तामाङलाई सम्झाउन खोज्दा उनले ‘आउनु पर्‍यो नि ।’ भन्दै प्रतिवाद गरेकी थिइन्।
  • सांसद तामाङले स्थानीय सरकार आँखा चिम्लिएको आरोप लगाउँदै भोलिदेखि बञ्चरेडाँडामा फोहोर लैजान नदिने चेतावनी दिएर बैठक छाडेकी थिइन्।

५ भदौ, काठमाडौं । बञ्चरेडाँडा फोहोर व्यवस्थापनको विषयमा छलफल गर्न आयोजित कार्यक्रममा सांसद आशिका तामाङसँग स्थानीय तहका प्रमुख (मेयर) हरूको चर्काचर्की भएको छ ।

सिंहदरबारमा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले काठमाडौं उपत्यका सहित प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिबीच छलफल आयोजना गरेका थिए ।

उक्त छलफलमा रास्वपा सांसद तामाङ पनि सहभागी थिइन् । सो क्रममा जनप्रतिनिधिसँग सांसद तामाङको भनाभन भएको हो ।

चर्काचर्कीपछि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहितले उनलाई सम्झाउन खोजेका थिए । यद्यपि सांसद तामाङ भने थप आक्रोशित बनिन् ।

‘त्यतिकै बेस्सरी कराएर हुन्छ ? मेयरसाबलाई कराएर हुन्छ ?,’ मेयर महर्जनले सांसद तामाङलाई प्रश्न गरेका थिए ।

सो प्रश्नको जवाफमा प्रतित्यूर दिँदै सांसद तामाङले भनिन्, ‘आउनु पर्‍यो नि ।’ पुन: मेयर महर्जनले जवाफ फर्काउँदै भने, ‘आउँदै हुनुहुन्छ त ।’

लगत्ततै ‘बञ्चरेडाँडका मान्छे होइन ?,’ तामाङले प्रश्न गरिन् ।

अहिलेसम्म स्थानीय सरकार आँखा चिम्लिएको आरोप उनले लगाएकी थिइन् । भोलिदेखि बञ्चरेडाँडामा फोहोर लैजान नदिने चेतावनी दिँदै सांसद तामाङले बैठक नै छाडेर हिंडिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?