News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिम प्रदेश सरकार आज नेकपा एमाले र नेकपाबीच गठबन्धनपछि पुनः विस्तार गरिएको छ।
- नेकपाका खगराज भट्टले प्रकाश रावललाई वनमन्त्री, ओमविक्रम भाटलाई भौतिक मन्त्रालय, खुसीराम डगौरा थारुलाई कानूनमन्त्री नियुक्त गरेका छन्।
- इन्दिरा गिरी र जानकीदेवी कुँवर राज्यमन्त्री बनेका छन्, र उनीहरूको शपथ आजै हुने कार्यालयले जानकारी दिएको छ।
५ भदौ, धनगढी । सुदूरपश्चिम प्रदेश सरकार आज पुन: विस्तार गरिएको छ। नेकपा एमाले र नेकपाबीच गठबन्धन भएपछि बनेको नयाँ सरकारमा नेकपाका खगराज भट्टले पुन: मन्त्रिपरिषद् विस्तार गरेका हुन्।
यसअघि एमालेका तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री विस्तार गरेका भट्टले नेकपातर्फबाट मन्त्रीहरू आज थपेका हुन्।
जसअनुसार प्रकाश रावल वनमन्त्री, ओमविक्रम भाट भौतिक मन्त्रालय, खुसीराम डगौरा थारु कानुनमन्त्री, इन्दिरा गिरी राज्यमन्त्रीऽ जानकीदेवी कुँवर राज्यमन्त्री बनेका छन्।
आजै उनीहरूको शपथ हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4