News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियाको नर्थन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपालले आज बंगलादेशको हाइ पर्फर्मेन्स टोलीसँग दोस्रो खेल खेल्दै छ।
- नेपाल र बंगलादेशबीचको खेल नेपाली समयअनुसार दिउँसो २ बजेर १५ मिनेटमा शुरू हुनेछ।
- नेपालले यसअघि शुक्रबार भएको पहिलो खेलमा एनटी स्ट्राइकसँग हार बेहोरेको थियो।
६ भदौ, काठमाडौं । अस्ट्रेलियाको नर्थन टेरिटोरीमा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज बंगलादेशको हाइ पर्फर्मेन्स टोलीसँग खेल्दै छ ।
नेपाल र बंगलादेशबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजेदेखि सुरु हुनेछ । नेपालको ए टोली प्रतिस्पर्धा गर्दैछ भने बंगलादेशले यसपटक हाइ पर्फर्मेन्स टोली पठाएको हो ।
नेपाल यसअघि शुक्रबार भएको पहिलो खेलमा एनटी स्ट्राइकसँग पराजित भएको थियो ।
गत संस्करण बंगलादेश ए नामबाट खेलेको बंगलादेशका लागि यसपटक हाइ पर्फर्मेन्स टोलीले खेल्दा बंगलादेशको टोलीमा राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीहरू पनि समावेश छन् ।
३४ वर्षीय सबिर रहमान सबैभन्दा पाका र अनुभवी खेलाडी हुन्, जसले बङ्गलादेशका लागि टेस्ट, ओडीआई र टी-२० गरी तीनैवटा अन्तर्राष्ट्रिय फर्म्याट खेलिसकेका छन् ।
यस्तै शमिम होसेन, रकिबुल हसन, रिपोन मन्डल, अबु हिदर र मृत्युन्जय चौधरी पनि राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी हुन् ।
नेपालको टोली : अनिल साह (कप्तान), कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, राशिद खान, नारायण जोशी, आकाश चन्द, शाहब आलम, बिपिन खत्री, युवराज खत्री, रिजन ढकाल
बंगलादेशको टोली : इर्फान सुक्कुर, हबिबुर रहमान सोहान, जिशान आलम, एस एम मेहेरोब हसन, समिउन बसिर रातुल, सब्बिर रहमान रोमन, रोहानत दौल्लाह बोर्सन, रकिबुल हसन, आरिफुल इस्लाम, अब्दुल गफ्फार साक्लिन, रिपोन मण्डल, एमडि रुबेल, अबु हिदर रोनी, शामिम हुसेन, र मृत्युञ्जय चौधरी
प्रतिक्रिया 4