+
+
Shares

१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा किशोर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ६ गते १२:०३

६ भदौ, पाल्पा । पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा १६ वर्षीय किशोर पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार गत साउन १५ गते दिउँसो घटना भएको हो । पीडित बालिकाले किटानी जाहेरी दिएपछि घटना बाहिर आएको हो ।

प्रहरीका अनुसार १६ वर्षीय आरोपी किशोरले १० वर्षीया बालिकालाई आफ्नो घरमा लिची खान बोलाएका थिए। त्यसै क्रममा घटना भएको प्रहरीको भनाइ छ ।

घटनाबारे भदौ ४ गते जिल्ला प्रहरी कार्यालय पाल्पामा लिखित किटानी जाहेरी परेपछि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको थियो । प्रहरीले आरोपी किशोरलाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाएको छ ।र

पक्राउ परेका किशोरलाई जिल्ला अदालत पाल्पाबाट ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?