News Summary
Generated by OK AI. Editorially reviewed.- बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा गृह मन्त्रालयमा छलफल हुने भएको छ।
- गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई शनिबार अपराह्न स्थानीय अभियन्ताको साथमा सिमरा विमानस्थलबाट काठमाडौं ल्याइएको हो।
- काठमाडौं जानुअघि मनोज चौधरीले स्थानीयबासीलाई छोरीको न्यायका लागि आन्दोलन जारी राखिदिन आग्रह गरेका थिए।
६ भदौ, सिमरा (बारा) । बाराको सिमरामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री सुधन गुरुङसहितको उपस्थितिमा छलफल हुने भएको छ ।
गृहमन्त्री सुधन गुरुङसँग वार्ता गर्नका लागि उनलाई काठमाडौं ल्याइएको छ ।
गृहमन्त्रीको सचिवालयका अनुसार, केहीबेरमा गृह मन्त्रालयमा मन्त्री गुरुङसहितको उपस्तिथितिमा छलफल हुन लागेको हो ।
शनिबार अपराह्न सिमरा विमानस्थलबाट गरिमाका बुवा मनोज चौधरी र आमा मानमती चौधरीलाई स्थानीय अभियन्ताको साथमा काठमाडौं ल्याइएको हो ।
काठमाडौ जानुअघि मृतकका बुवा मनोज चौधरीले स्थानीयबासीलाई आफ्नो छोरीको न्यायको लागि आन्दोलन जारी राखिदिन आग्रह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4