६ भदौ, धनगढी । कैलालीमा झरनाबाट खसेर एक युवक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा डडेलधुराका २१ वर्षीय खगीराज पन्त रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी नरेन्द्र चन्दका अनुसार बेपत्ता भएका चन्द शनिबार दिउँसो ४ बजेतिर चुरे गाउँपालिका–५ सुरुगडा चिफ्ले झरनाबाट खसेका थिए । त्यसयता उनी बेपत्ता छन् ।
बेपत्ता भएका पन्तको खोजीका लागि प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् ।
उनी साथीहरूसँगै त्यहाँ घुम्नका लागि पुगेको बुझिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4