News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं गोर्खाजले भारतका पूर्व टेस्ट विकेटकिपर ब्याटर केएस भरतलाई आगामी नेपाल प्रिमियर लिगको तेस्रो सिजनका लागि अनुबन्ध गरेको छ।
- ३२ वर्षीय भरतले केही महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका थिए र भारतका लागि टेस्ट क्रिकेट खेलिसकेका छन्।
- भरत काठमाडौं गोर्खाजले एनपीएलको आगामी संस्करणका लागि घोषणा गरेको पहिलो विदेशी खेलाडी हुन्।
७ भदौ, काठमाडौं । भारतका पूर्व टेस्ट विकेटकिपर ब्याटर केएस भरतले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा काठमाडौं गोर्खाजबाट खेल्ने भएका छन् ।
गोर्खाजले सामाजिक सञ्जालमार्फत भरतलाई टोलीमा अनुबन्ध गरेको जानकारी दिएको हो ।
३२ वर्षीय भरतले केही महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका थिए । उनले भारतका लागि टेस्ट क्रिकेट खेलिसकेका छन् ।
भरतले टी–२० क्रिकेटमा ९१ खेल खेल्दै १ हजार ८ सयभन्दा बढी रन बनाएका छन् । विकेटकिपिङसँगै मध्यक्रममा उपयोगी ब्याटिङ गर्न सक्ने भरतको आगमनले काठमाडौं गोर्खाजको टोलीलाई थप अनुभवी बनाउनेछ ।
भरत सन् २०२४ को आईपीएल उपाधि जितेको कोलकाता नाइट राइडर्स टोलीको समेत सदस्य थिए । उनीसँग भारतीय घरेलु क्रिकेट र आईपीएलको लामो अनुभवसमेत छ ।
काठमाडौं गोर्खाजले एनपीएलको आगामी संस्करणका लागि पहिलो विदेशी खेलाडी घोषणा गरेको हो ।
उनको आगमनसँगै टोलीको विकेटकिपिङ र ब्याटिङ विकल्प थप बलियो बनेको छ ।
प्रतिक्रिया 4