+
+
Shares

पर्सामा ढोङ्गही खोलामा डुबेर पुरुषको मृत्यु   

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ७ गते १३:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्साको विन्दवासिनी गाउँपालिका–२ ढोङ्गही खोलामा डुबेर बहुदरमाई नगरपालिका–१ का करिब ६० वर्षीय ब्रह्मदेव राउत अहिरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
  • भैँसी चराउन गएका अहिर बेपत्ता भएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले खोजी गरेको थियो ।
  • खोजीका क्रममा खोलामा डुबेको अवस्थामा अहिरको शव फेला परेको सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए ।

७ भदौ, वीरगञ्ज । पर्सामा खोलामा डुबेर एक व्यक्तिको मृत्यु भएको छ ।

बहुदरमाई नगरपालिका–१ निवासी अन्दाजी ६० वर्षीय ब्रह्मदेव राउत अहिरको विन्दवासिनी गाउँपालिका–२ ढोङ्गही खोलामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

भैँसी चराउन जाने क्रममा उनी बेपत्ता भएका थिए ।

बेपत्ता भएको जानकारी पाएपछि सशस्त्र  प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले अहिरको खोजी गरेको थियो ।

खोजीको क्रममा खोलामा डुबेको अवस्थामा अहिरको शव फेला परेको सशस्त्रका प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?