News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनका शहीद परिवार र घाइतेले भदौ २३ गते बानेश्वरस्थित पुरानो संसद भवन परिसरमा ‘स्मृति दिवस’ मनाउने भएका छन् ।
- जेनजी शहीद परिवार कल्याणकारी समाजका कोषाध्यक्ष गणेशप्रसाद चौलागाईंले कार्यक्रमको सम्पूर्ण व्यवस्थापन र खर्च सरकारले व्यहोर्नुपर्ने माग गरेका छन् ।
- उनले असोज १५ गतेदेखि ७ दिने महायज्ञ पनि त्यही भवनभित्र गर्ने र त्यसको जिम्मेवारी पनि सरकारले लिनुपर्ने बताएका छन् ।
७ भदौ, काठमाडौं । जेनजी आन्दोलनका शहीद परिवार र घाइतेहरूले जेनजी आन्दोलनका शहीदको स्मृतिमा भदौ २३ गते ‘स्मृति दिवस’ मनाउने बनाएका छन् ।
जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपाल संयुक्त संघर्ष समितिले आईतवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै जेन–जी शहीद श्रीयम चौलागाईंका पिता तथा जेन–जी शहीद परिवार कल्याणकारी समाजका कोषाध्यक्ष गणेशप्रसाद चौलागाईंले उक्त स्मृति दिवस बानेश्वरस्थित पुरानो संसद भवन परिसरमा आयोजना गरिने जानकारी दिए । स्मृति दिवस कार्यक्रमको सम्पूर्ण व्यवस्थापन र खर्च सरकारले सरकारले व्यहोेर्नुपर्ने उनको भनाइ छ ।
‘हामी जेनजी आन्दोलनका शहीदको स्मृतिमा यही भदौ २३ गते स्मृति दिवस मनाउँदैछौँ । आन्दोलनको क्रममा जलाइएको बानेश्वरस्थित संसद भवनभित्रै स्मृति दिवस मनाउँदैछौँ । हामी जेन–जी शहीद र घाइतेको परिवार आर्थिक रुपमा त्यति बलियो छैन । त्यसकारण सरकारले यो कार्यक्रमको सबै कुराको स्वामित्व लिओस् । तर आयोजक भने शहीद परिवार र घाइते नै हुन्छन्,’ उनले भने ।
शहीदका परिवार तथा घाइतेहरू आर्थिक रुपमा कमजोर रहेको उल्लेख गर्दै कार्यक्रम व्यव्स्थापनको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने माग गरे ।
‘हाम्रो अर्को कार्यक्रम पनि छ आउँदो असोज १५ गतेदेखि हामी ७ दिने महायज्ञ पनि लगाउँदैछौँ । त्यो महायज्ञ समेत त्यही भवनभित्र लगाउनेछौँ । त्यसको पनि सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी समेत सरकार सरकारले लिनुपर्छ,’ उनले भने, ‘मैले यो विषयमा गृहमन्त्रीसँग छलफल गरेको थिएँ । उहाँले यो विषयमा प्रधानमन्त्रीज्यूसँग छलफल गरेर जानकारी गराउँछु भन्नुभएको थियो । तर अहिलेसम्म पनि जानकारी गराउनुभएको छैन ।’
सरकारले यसअघि नै प्रत्येक वर्ष भाद्र २३ गतेलाई जेन–जी शहीद दिवसको रुपमा मनाउने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया 4