+
+
Shares

कांग्रेस एकताका लागि नैनसिंह महरले अघि सारे तीन विकल्प

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ७ गते १६:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका नेता नैनसिंह महरले पूर्व सभापति शेरबहादुर देउवालाई पार्टी एकताका लागि तीन विकल्प सुझाएका छन् ।
  • महरले सभापति गगन थापा वा देउवामध्ये एकले नेतृत्व गर्ने, दुवैजनाले नेतृत्व छोड्ने, वा अदालतको फैसला स्वीकार्ने सहमति गर्न प्रस्ताव गरेका छन् ।
  • महरले सभापति गगनकुमार थापा र देउवाबीच भेटघाट तथा संवादको आवश्यकता औंल्याएका छन् ।

७ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले पूर्व सभापति शेरबहादुर देउवालाई भेटेर पार्टीभित्रको एकताका लागि तीन विकल्प सुनाएका छन् ।

सभापति गगन थापा र पूर्व सभापति देउवामध्ये एकले पार्टीको नेतृत्व गर्नका लागि दुई जनाले सहमति गर्न सुझाव दिएका छन् ।

महरले दोस्रो विकल्पमा दुवै जनाले पार्टी नेतृत्व छोडेर तेस्रो व्यक्तिबाट १५ औं महाधिवेशन गर्न सकिने बताएका थिए ।

तेस्रो विकल्पमा सर्वोच्च अदालतबाट जुन पक्षको पक्षमा फैसला आएपनि त्यसलाई स्विकारेर पार्टी एकतामा जाने पूर्व सहमति गर्न महरले पूर्व सभापति देउवालाई सुझाव दिएका थिए ।

यसअघि सभापति थापालाई भेटेर पनि यिनै तीन विकल्पमा रहेर सहमति खोज्न सुझाव दिएको महरले जानकारी गराए ।

‘पार्टी भित्र एकताको लागि सभापति गगनकुमार थापा लगायत सबैसँग संवाद गरेको सुनाएँ,’ महरले भने, ‘सभापति गगनकुमार थापा र उहाँबीच भेटघाट तथा संवादको आवश्यकता पनि औंल्याएँ । उहाँले आफूले मिलाउन पहल गरिरहेको र अदालतको निर्णय आएपछि अघि बढौँला भन्नुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?