News Summary
Generated by OK AI. Editorially reviewed.- बारामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको आइतबार कलैया उपमहानगरपालिका १४ बघवनस्थित पसाहा खोलामा अन्त्येष्टि गरिएको छ।
- सरकारसँग शनिबार राति सहमति भएपछि परिवारले आइतबार कलैया प्रादेशिक अस्पतालको शवगृहबाट गरिमाको शव बुझेर अन्त्येष्टि गरेको हो।
- बालिकाको अन्तिम संस्कारमा बारा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरीक्षक नरेन्द्र कुँवर लगायत सुरक्षा अधिकारीहरू सहभागी थिए।
७ भदौ, बारा । बारामा हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा चौधरीको आइतबार अन्त्येष्टि गरिएको छ ।
गत मंगलबारदेखि गरिमाको शव बारा सदरमुकामस्थित कलैया प्रादेशिक अस्पतालको शव गृहमा थियो । गरिमाको हत्याविरुद्ध बुधबारबाट भएको सडक संघर्ष शनिबार मध्यरातमा सहमतिपछि परिवारले आइतबार शव बुझेर अन्त्येष्टि गरेका हुन् ।
कलैया उपमहानगरपालिका १४ बघवन स्थित पसाहा खोलामा गरिमाको अन्त्येष्टि गरिएको हो । उनलाई हिन्दु परम्परा अनुसार बाबु मनोज चौधरीले दागबत्ति दिएका थिए ।
सरकारसँग सहमति गर्न शनिबार साँझ काठमाडौं गएका मृतक गरिमाका बाबु मनोज चौधरी र आमा मानमती चौधरी आइतबार मध्यान्ह काठमाडौंबाट फर्किएपछि प्रहरीले शव बुझ्न कलैया अस्पताल लगेको थियो ।
बालिकाको अन्तिम संस्कारमा बाराका प्रमूख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, प्रहरी उपरिक्षक नरेन्द्र कुँवर लगायतका सुरक्षा अधिकारीहरू सहभागी थिए ।
प्रतिक्रिया 4