फाइल तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा विश्वासको मत लिने भएका छन् ।
- नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले ३ भदौमा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
- नेकपासँग नयाँ सहमति भएपछि मुख्यमन्त्री कार्कीले सरकार पुनर्गठन गरी नेकपाका चार जना प्रदेश सभा सदस्यलाई सोमबार शपथ खुवाएका छन् ।
८ भदौ, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् ।
सोमबार दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रदेश सभा सचिव सुदर्शन खड्काले अनलाइनखबरलाई जानकारी दिए ।
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको ३ भदौमा बसेको बैठकले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
कांग्रेसले समर्थन फिर्ता लिने निर्णय गरेपछि मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिन लागेका हुन् ।
कांग्रेससँगको सहकार्य टुटेपछि अहिले प्रदेशमा नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को सरकार छ ।
नेकपासँग नयाँ सहमति भएसँगै मुख्यमन्त्री कार्कीले सरकार पुनर्गठन गरी नेकपाका चार जना प्रदेश सभा सदस्यलाई सोमबार शपथ खुवाइ सकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4