+
+
Shares

गुल्मीमा भिरबाट लडेर एक पुरुषको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते १३:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मीको कालीगण्डकी गाउँपालिका–४ जोखुममा भिरबाट लडेर भाङखर्क निवासी करिब ६५ वर्षीय फटिकबहादुर पुनको मृत्यु भएको छ।
  • सोमबार बिहान जोखुमबाट भाङखर्क जाने पैदल गोरेटोबाट करिब १०० देखि १५० मिटर तल भित्री कच्ची सडकछेउमा उनी मृत फेला परेका हुन्।
  • घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको र अनुसन्धान भइरहेको डीएसपी वीरेन्द्रवीर विश्वकर्माले बताए।

८ भदौ, गुल्मी । गुल्मीको कालीगण्डकी गाउँपालिका–४ जोखुममा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही वडाको भाङखर्क निवासी करिब ६५ वर्षीय फटिकबहादुर पुन रहेका छन्।

सोमबार बिहान जोखुमबाट भाङखर्क जाने ठाडो पैदल गोरेटो बाटोबाट करिब १००/१५० मिटर तल भित्री कच्ची सडकको छेउमा उनी लडेको अवस्थामा मृत फेला परेका हुन् ।

घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलमा पुगिसकेको गुल्मीका डीएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?