News Summary
Generated by OK AI. Editorially reviewed.- जय नेपाल पार्टीले विचार मिल्ने दल, समूहसँग एकताका लागि नारायण कोइरालाको संयोजकत्वमा पाँच सदस्य वार्ता समिति गठन गरेको छ।
- समितिमा सुरेश प्रसाद आचार्य, प्रज्जवल बोहरा, अंजना शाह रावल र होमनाथ गौतम सदस्य चयन गरिएको छ।
- केन्द्रीय कार्यसमितिको गत भदौ ४ गतेको बैठकले पार्टी, संगठन, समूह, अभियान तथा व्यक्तिलाई जय नेपाल पार्टीमा गोलबन्ध गर्न वार्ता समिति गठन गर्ने निर्णय गरेको थियो।
८ भदौ, काठमाडौं । जय नेपाल पार्टीले विचार मिल्ने विभिन्न दल, समूहसँग एकताका लागि पाँच सदस्य वार्ता समिति गठन गरेको छ ।
जय नेपाल पार्टीले गठन गरेको वार्ता समितिको संयोजकमा नारायण कोइराला छन्। त्यस्तै सदस्यहरूमा सुरेश प्रसाद आचार्य, प्रज्जवल बोहरा, अंजना शाह रावल र होमनाथ गौतम चयन गरिएको छ ।
जय नेपाल पार्टीसँग विचार मिल्ने पार्टी, संगठन, समूह, अभियान तथा व्यक्तिहरुलाई जय नेपाल पार्टीमा गोलबन्ध गर्न एक वार्ता समिति गठन गर्ने गत भदौ ४ गते काठमाडौंमा सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले निर्णय गरेको थियो ।
पार्टीका सचिवालय प्रमुख सगुन सुन्दर लावतीले बताएअनुसार केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम वार्ता समितिले तत्काल वार्ता आरम्भ गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4