News Summary
Generated by OK AI. Editorially reviewed.- ‘स्पाइडर-म्यान ब्रान्ड न्यू डे’ नेपालमा धेरै कमाउने पाँचौ विदेशी फिल्म बनेको छ र सोमबार दिउँसोसम्म १६ करोड २ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
- फिल्मले निकट सप्ताहन्तसम्म रणवीर कपुर स्टारर ‘एनिमल’को १६ करोड ५६ लाख रुपैयाँ ग्रस कमाइ उछिन्ने प्रक्षेपण गरिएको छ।
- नेपालमा सर्वाधिक कमाउने विदेशी फिल्मको १० शीर्ष सूचीमा एकमात्र हलिउड फिल्म ‘स्पाइडर-म्यान’ परेको छ।
काठमाडौं । ‘स्पाइडर-म्यान ब्रान्ड न्यू डे’ नेपालमा धेरै कमाउने पाँचौ विदेशी फिल्म बनेको छ । सोमबार दिउँसोसम्म यो फिल्मले घरेलु बक्सअफिसमा १६ करोडको आँकडा पार गरेको छ ।
फिल्मको अहिलेसम्मको कुल कमाइ १६ करोड २ लाख रुपैयाँ ग्रस कलेक्सन छ ।
यो फिल्मले निकट आगामी सप्ताहन्तसम्म रणवीर कपुर स्टाररर भारतीय फिल्म ‘एनिमल’को कुल कमाइ १६ करोड ५६ लाख रुपैयाँ ग्रसलाई उछिन्ने प्रक्षेपण गरिएको छ ।
रोचक कुरा के छ भने, नेपालमा सर्वाधिक कमाउने विदेशी फिल्मको १० शीर्ष सूचीमा एकमात्र हलिउड फिल्म ‘स्पाइडर-म्यान’ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4