News Summary
Generated by OK AI. Editorially reviewed.- हर्कराज राईले प्रधानमन्त्रीको निजी जीवन नहुने भन्दै मुस्ताङ भ्रमणबारे प्रतिनिधिसभामा जवाफ दिनुपर्ने बताएका छन् ।
- उनले कोशी कटानले सुनसरीमा सयौं खेतीयोग्य जमिन काटिएको, ५६ वटा ढोका खोल्ने साँचो कससँग छ भनेर प्रश्न गरेका छन् ।
- साम्पाङले स्वास्थ्य क्षेत्रमा दुई दिन बिदा हटाउन, झापा र विर्तामोडको क्यासिनो समस्या र ग्यास अभावबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।
८ भदौ, काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले प्रधानमन्त्री पदको निजी जीवन नहुने बताएका छन् ।
‘प्रधानमन्त्रीज्यू आफ्नो निजी भ्रमणमा मुस्ताङ जानुभयो रे भन्ने कुरा आएको छ । प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन । यो कुरा हेक्का राख्नुपर्छ’ साम्पाङले प्रतिनिधिसभाको बैठकमा भने ।
प्रधानमन्त्री एक्लै नभएको र सरकारी सुरक्षा संयन्त्र स्वत: सक्रिय भएर जाने उनले बताए ।
‘उहाँ निजी जानुभएको, मन्त्रिपरिषदलाई सूचना नसिदइ, संसद्लाई सूचना नदिइ के खान जानुभएको ?’ उनको प्रश्न छ, ‘हावा थिएन भने काठमाडौंमा हावा छ । मुस्ताङमा स्वाउ पनि फलेको छैन होला अहिले । कि के चाख्न जानुभएको हो त्यो उहाँले भन्नुपर्छ । सदनमा जवाफ दिनुपर्छ ।’
विपद्ले मुलुक आक्रान्त रहेको बताए । कोशी कटानले सुनसरीमा सयौं खेतीयोज्य जमिन काटिएको बताए । ५६ वटा ढोका खोल्ने साँचो को सँग छ भनेर प्रश्न गरे ।
आफ्नो भूमि बचाउन सरकारले सक्नुपर्ने बताए ।
साथै, स्वास्थ्य क्षेत्रमा दुई दिन बिदा हटाउन माग गरे । झापा र विर्तामोडमा क्यासिनोले नागरिकको घरबार बेहाल बनाएको भन्ने आइरहेको भनेर सरकारको ध्यानाकर्षण गरे ।
नागरिकले ग्यास अभावबाट मुक्ति नपाएको बताए । इन्डक्सन किनाउने सरकारको उदेश्य हो भने प्रष्ट भन्न आग्रह गरे ।
प्रतिक्रिया 4