News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालका सिटीटेक ग्रुप, ईसेवा र आईएमई खल्ती ‘नेपालको उत्कृष्ट फिनटेक कम्पनी’ विधामा ‘ग्लोबल फिनटेक अवार्ड्स २०२६’ का लागि सर्टलिस्ट भएका छन्।
- आइमार्क प्रालि ‘उत्कृष्ट भुक्तानी समाधान’ र फोनपे ‘उत्कृष्ट डिजिटल सार्वजनिक पूर्वाधार’ विधामा सर्टलिस्ट भएका छन्।
- ग्लोबल फिनटेक फेस्ट २०२६ आगामी ८ देखि ११ सेप्टेम्बरसम्म मुम्बईमा आयोजना हुँदैछ, र विजेता १० सेप्टेम्बरमा घोषणा गरिनेछ।
८ भदौ, काठमाडौं । नेपालका पाँच फिनटेक तथा डिजिटल भुक्तानी कम्पनी ‘ग्लोबल फिनटेक अवार्ड्स २०२६’ का विभिन्न विधामा संक्षिप्त सूची (सर्टलिस्ट) मा परेका छन् ।
यो उपलब्धिलाई नेपालको फिनटेक क्षेत्रले अन्तराष्ट्रिय मञ्चमा पाएको महत्त्वपूर्ण पहिचानका रूपमा हेरेको छ ।
सिटीटेक ग्रुप प्रालि, ईसेवा लिमिटेड र आईएमई खल्ती लिमिटेड ‘नेपालको उत्कृष्ट फिनटेक कम्पनी’ विधामा सर्टलिस्ट भएका छन् ।
सिटीटेक डिजिटल भुक्तानी तथा मर्चेन्ट प्रविधि समाधानमा सक्रिय छ भने ईसेवा र आईएमई खल्ती डिजिटल वालेट बिल भुक्तानी र अन्य डिजिटल वित्तीय सेवा प्रदान गर्ने कम्पनी हो ।
त्यस्तै आइमार्क प्रालि ‘उत्कृष्ट भुक्तानी समाधान’ विधामा सर्टलिस्ट भएको छ भने फोनपे पेमेन्ट सर्भिस लिमिटेड ‘उत्कृष्ट डिजिटल सार्वजनिक पूर्वाधार’ विधामा परेको छ ।
ग्लोबल फिनटेक फेस्ट २०२६ आगामी ८ देखि ११ सेप्टेम्बरसम्म भारतको मुम्बईस्थित जिओ वर्ल्ड सेन्टर र ट्राइडेन्ट बीकेसीमा आयोजना हुँदैछ । अवार्डका विजेता भने १० सेप्टेम्बरमा हुने ग्लोबल फिनटेक अवार्ड्स नाइटमा घोषणा गरिने आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4