+
+
Shares

फोल्ड हुने आईफोन परीक्षणमा

ठूलो स्क्रिनका कारण भिडियो हेर्न, काम गर्न र धेरै एप चलाउन सहज हुने अपेक्षा गरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ८ गते १८:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एप्पलले आगामी सेप्टेम्बरमा पहिलो फोल्ड हुने आईफोन ‘आईफोन अल्ट्रा’ सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
  • बजारमा आउनुअघि परीक्षण नमुना प्रयोग गरेकाले फोनको मोड्ने र खोल्ने भाग बलियो र प्रयोग गर्न सजिलो रहेको बताएका छन् ।
  • फोनमा ठूलो फोल्ड हुने स्क्रिन, टच आईडी र कम्तीमा दुई हजार अमेरिकी डलर मूल्य हुन सक्ने अनुमान गरिएको छ ।

८ भदौ, काठमाडौं । एप्पलले आगामी सेप्टेम्बरमा आफ्नो पहिलो फोल्ड हुने आईफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

‘आईफोन अल्ट्रा’ नाम दिइने उक्त फोन बजारमा आउनुअघि परीक्षणका लागि बनाइएको नमुना एप्पलबाहिरका केही व्यक्तिले प्रयोग गरिसकेको रिपोर्ट सार्वजनिक भएको छ ।

ब्लूमबर्गका प्रविधि पत्रकार मार्क गुरम्यानलाई उद्धृत गर्दै एप्पल–इन–साइडरले जनाएअनुसार फोन प्रयोग गरेका व्यक्तिले यसको फोन मोड्ने र खोल्ने भाग बलियो तथा प्रयोग गर्न सजिलो रहेको बताएका छन् । फोल्ड गर्दा फोन केही बाक्लो भए पनि खल्तीमा अट्ने उनीहरूको अनुभव छ ।

फोनमा फोल्ड हुने ठूलो स्क्रिन हुने र त्यसमा आईप्याडजस्तै एकैपटक धेरै सामग्री तथा एप प्रयोग गर्न मिल्ने व्यवस्था रहने बताइएको छ । ठूलो स्क्रिनका कारण भिडियो हेर्न, काम गर्न र धेरै एप चलाउन सहज हुने अपेक्षा गरिएको छ ।

क्यामेरामा टाढाको वस्तु नजिक देखाउने टेलिफोटो लेन्स नहुन सक्ने रिपोर्टमा उल्लेख छ । तर, फोल्ड हुने ठूलो स्क्रिनलाई तस्बिर वा भिडियो खिच्दा दृश्य हेर्ने स्क्रिनका रूपमा प्रयोग गर्न सकिने र यसले राम्रो अनुभव दिने प्रारम्भिक प्रयोगकर्ताले बताएका छन् ।

नयाँ आईफोनमा अनुहार हेरेर फोन खोल्ने फेस आईडीको सट्टा औंठाछापबाट फोन खोल्ने टच आईडी ल्याउन सकिने संकेत पनि गरिएको छ । यसको मूल्य कम्तीमा दुई हजार अमेरिकी डलर हुन सक्ने अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?