News Summary
Generated by OK AI. Editorially reviewed.- गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएकाे ग २ ख ११५२ नम्बरको बस बुधबार बिहान सम्पर्कविहीन भएको छ।
- जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार बसमा ३८ जना यात्रु सवार थिए र ३४ जना अझै सम्पर्कविहीन छन्।
- डीएसपी राजकुमार श्रेष्ठले चार जना बसबाट हाम फालेर सम्पर्कमा आएको र सँगै गएका दुई माइक्रो सम्पर्कमा रहेको बताए।
१० भदौ, गोरखा । गोरखाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाइकुण्ड गएको बस सम्पर्कविहीन भएको छ। बुधबार बिहान पालुङटार नगरपालिका ४ र ५ का तीर्थयात्री बोकेर गोसाइकुण्ड गएको ग २ ख ११५२ नम्बरको बस सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
डीएसपी राजकुमार श्रेष्ठका अनुसार बसमा ३८ जना यात्रु सवार थिए। उनीहरुमध्ये ३४ जना सम्पर्कविहीन रहेको उनले बताए । ‘चार जना बसबाट हाम फालेका रहेछन्, सम्पर्कमा आए,’ उनले भने, ‘बाँकी सम्पर्कमा छैनन्।’
बससँगै गएको दुई वटा माइक्रो भने सम्पर्कमा रहेको डिएसपी श्रेष्ठले जानकारी दिए । माइक्रोमा २६ जना यात्रु सवार थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4